डडेल्धरा- डोटीमा शनिबार बिहान भएको बस दुर्घटनाका ९ घाइतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव निरीक्षक मोहन धामीले डोटीमा उपचार सम्भव नभएका ९ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौँ पठाईएको जानकारी दिए।
काठमाडौँ रेफर हुनेमा नेपाली सेनाका जवान उज्जवल देवकोटासहित डोटीकी ३७ वर्षीया मैना तिरुवा, डोटी सलेनाकी ३० वर्षीया रेश्मा लुहार, आयुश विक, ठेगाना नखुलेका ३८ वर्षीय मदन जेठारा, विक्रम लुहार, ईश्वरी केसी र अछामका मुकेश कुँवर रहेको बताए। अर्का एक जनाको भने नाम खुलाइएको छैन।
डोटीमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी घाइते भएका थिए।
नेपाल प्रहरी र नेपाली सेनाका आठ जना पनि घाइते भएका थिए।
उनीहरुसँग चार जना कुरुवा पनि काठमाडौँ गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।