राजविराज- सप्तरीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २० यात्रु घाइते भएका छन्।
राति करिब साढे १० बजे काकडभिट्टाबाट भैरहवा जाँदै गरेको लु १ ख ८२१४ नम्बरको बस र पूर्व जाँदै गरेको ना ८ ख ५९०३ नम्बरको ट्रक रुपनी गाउँपालिका-१ स्थित राजमार्गमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा बस चालक स्याङ्जाको जगतदेव घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिक बस्ने ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा उद्धार गरी रुपनीस्थित युनिक अस्पतालमा भर्ना गरिएका न्यौपानेको उपचारकै क्रममा मृत्यु भएको हो।
बसमा सवार घाइतेहरूको युनिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
दुर्घटनामा घाइतेको हुनेहरूको विवरण:
१. बुटबल नपा ३ बस्ने वर्ष ४२ का धन बहादुर सिरिस
२. नवलपुर कावासोती नपा ८ बस्ने ४८ वर्षीय ढोलराज सुवेदी
३. झापाको बिर्तामोड ६ बस्ने २५ वर्षीय निर्मल खतिवडा
४. झापाको बिर्तामोड ६ बस्ने १६ वर्षीय गनेश खतिवडा
५. रुपन्देहीको बेलबस ३ बस्ने चन्द्र थापाका छोरा २ वर्षीय समराज थापा
६. झापाको भद्रपुर नपा ९ बस्ने १६वर्षीय युनिश निरौला
७. धनुषाको औरही गापा १ बस्ने १९ वर्षीय दिपेश कुमार साह
८. नवलपुर कावासोती नपा २ बस्ने २६ वर्षीय भरत काफ्ले
९. बुटबल नपा १३ बस्ने १७ वर्षीया निशा पाण्डे
१०. रुपन्देही बेलबस ३ बस्ने २५वर्षीया बिनिता थापा
११. दार्जिलिङ बस्ने ३१ वर्षीय सुमन क्षेत्री
१२. दार्जिलिङ बस्ने २६ वर्षीय प्रवेश गुरुङ
१३. दार्जिलिङ बस्ने ४५ वर्षीया सकुन्तला मुखिया
१४. दार्जिलिङ बस्ने २९वर्षीय लक्ष्मी प्रधान
१५. दार्जेलिङ बस्ने ५५वर्षीया निरु प्रधान
१६. पाल्पाको बननासकाली गापा १ बस्ने २३वर्षीय सुमन दरलामी
१७. अर्घाखाचीको संधिखर्क नपा १२ बस्ने १७ वर्षीया अनिता प्रधान
१८. अर्घाखाचीको संधिखर्क नपा १२ बस्ने २२वर्षीय कविता प्रधान
१९. नवलपरासीको दवाचुली नपा १० बस्ने ७० वर्षीया मालती शर्मा
२०. नवलपरासीको दवाचुली नपा १० बस्ने ४७ वर्षीया निता शर्मा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।