• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

छठले रंगिएको मिथिलाञ्चल

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १६, २०७६  ११:०३
1140x725

मारबौ रे सुगवा धनुष से

सुगा गिरे मुरछाए...

यस्तै लोक गीत संगीतले अहिले जनकपुर सहित सम्पूर्ण मिथिलाञ्चल र तराई मधेसका गाउँ गाउँ गुञ्जाएमान भएको छ। चार दिवसीय छठ पर्वको मुख्य दिन आज। हाल अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी भइरहेको छ।

छठ पर्वको अवसरमा नेपाल सरकारले कार्तिक १६ गते तराईका २४ जिल्लामा सार्वजनिक विदा र प्रदेश २ सरकारले कार्तिक १७ गते समेत घोषणा गरेको छ। यो पर्व तराईमा निकै नियम निष्ठा तथा उल्लासपूर्वक मनाइन्छ। छठले दिने नैतिकताको सन्देश पनि आजको युगमा निकै आवश्यक र अनुकरणीय मान्न सकिन्छ।

तराई क्षेत्रमा यो पर्व हिन्दूले मात्र होइन, गैरहिन्दूहरूले समेत मनाउने गरेका छन्। त्यसैले यो सबै भाषाभाषी, जातजातिको साझा पर्वको रुपमा विकसित भइरहेको छ। प्रत्येक वर्ष छठ मनाउने क्षेत्रहरूमा श्रद्धालुहरूको संख्या वृद्धि हुँदै गइरहेको  छ। 

कार्तिक शुक्ल षष्ठीको दिन मनाइने छठ सूर्य उपासनको महान पर्व समेत हो। सूर्य पूजाको परम्परा प्राचीन र विश्वव्यापी छ। नेपाल, भारतका साथै बेबिलोन, युनान, मिश्र, जापान लगायत थुपै्र देशमा सूर्य उपासनाको परम्परा पाइन्छ। सूर्यको उपासना आरोग्य, आयुष्का लागि पनि गरिन्छ। साथै, यस पर्वको व्रत बसेमा चर्मरोग निदान हुन्छ भन्ने मान्यता समेत पाइन्छ। धार्मिक, पौराणिक आख्यानहरूमा सूर्य उपासनाको उल्लेख पाइने गरेको छ। महर्षि अत्रिकी पत्नी अनसूयाले आफ्ना पतिको दीर्घायु, गहिरो दाम्पत्य पे्रम र अटल सौभाग्यका लागि षष्ठीव्रत गरेकी थिइन्।

महाभारतका उल्लेखित ऐतिहासिक वृतान्त अनुसार पाण्डवहरूको अज्ञातवास सफल होस् भन्ने कामनाका साथ दौपद्रीले सूर्यदेवको अराधना गर्दै षष्ठीव्रत गरेकी थिइन्। महाभारतकौ अर्को प्रसंग अनुसार एकपटक साम्बलाई असाध्य कुष्ठरोग लाग्यो। उनी यो रोगले गर्दा निकै पीडित भए। यस रोगबाट राहत पाउन उनले विभिन्न उपाय गरे तर केही सिप लागेन। अन्ततः भगवान् सूर्यको आराधना गरेपछि उनी यस असाध्य रोगबाट मुक्त भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी पुत्र प्राप्ति, दाम्पत्य प्रेम, सन्ततिको दीर्घायु र आफ्नो अटल सौभाग्यका लागि प्राचीन समयदेखि अहिलेसम्म पनि छठ पर्वमा सूर्यको आराधना/उपासना गरिँदै आएको पाइन्छ। अहिले यो पर्वले आफ्नो महिमा र गरिमाका कारण निकै विस्तार पाएको छ।

पहिले तराईको भोजपुरी र मिथिला क्षेत्रको मात्र यो ठूलो  चाड थियो। अहिले राजधानी काठमाडौं लगायत विराटनगर, धरान, बुटवल, पोखरा, नेपालगञ्ज जस्ता ठूला शहरहरुमा पनि यो पर्व धुमधाम र निष्ठापूर्वक मनाइन्छ। काठमाडौंमा छठ मनाउने परम्परा २०५० साल देखि आरम्भ भयो।

चार दिनको यो पर्वमा नदी, किनार, तलाउ, पोखरीको आसपास सरसफाइ र उज्यालोको व्यवस्था सहित आकर्षक बनाउने गरिएको छ।

यस्तो छ, छठमा व्रत बस्ने विधि 
छठमा व्रत बस्ने आफ्नै विधि छ। यो व्रतको विधान पवित्र र कठोर छ, जसको श्रद्धा, निष्ठा, विश्वास र आस्थापूर्वक पालना गरिनुपर्छ। छठको व्रत बस्ने (व्रती)ले कार्तिक महिनाको सुरुदेखि नै माछा, मासु, लसुन, प्याज, मदिरा, आदि तामसी भोजन त्याग्नुपर्छ। तिहारको चौथो (चौठी)को दिन ‘अरवा अरबाइन’ वा ‘नुहायखाय’ भनिन्छ। यही दिन नुहाइधोइ गरेर व्रतीले शुद्ध भाँडामा सफा र भान्साघरमा भोजन पकाएर खान्छन्।

पञ्चमी तिथि अर्थात् खरनाको दिन व्रतीले दिनभरि उपवास बसी साँझपख माटोको नयाँ चुलो र चोखो भाँडोमा सख्खर हालेर खीर, रोटी पकाइन्छ, जसले चन्द्रोदय भएपछि छठी माताको पूजा अर्चना गरेर नैवेद्य तथा प्रसाद चढाँउछन्। त्यही खिर प्रसादको रूपमा आफूले लिने, आफन्त र अन्यलाई दिने गरिन्छ।

खरनाको भोलिपल्ट अर्थात् षष्ठीको दिनलाई यस व्रतको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ। यस दिन व्रतालु दिनरात निर्जला उपवास बस्छन्। षष्ठीको दिनलाई सझियाघाट भनिन्छ, व्रतालु र श्रद्धालु भक्तजन पूजा सामग्री लिएर नजिकको नदी, पोखरीको किनार पुगेर सूर्यलाई अर्घ प्रदान गर्छन्। अर्घमा भाकल अनुसार माटाको ढकनी, नाङ्लो, सूर्य बाँसको छैयटी आदिमा ठकुवा, खजुरी, पेरुकिया आदि छठका प्रमुख पकवान र केरा, नरिवल, उखु, अदुवा, पान, कागती, सुन्तला, बेसारको गाँठी, सुठुनी आदि मौसमी फलफूल चढाएर धूपदीप गरी भगवान् सूर्य देवतालाई चढाउने परम्परा छ। व्रत बस्नेहरू नयाँ रातो वस्त्र धारण गरी कम्मरसम्मको पानीमा बसेर अस्ताउन लागेका सूर्यलाई हात जोडोर भक्ति र निष्ठाले पूजा अर्चना गर्ने गर्छन्।

सूर्य अस्ताउन थालेपछि कतिपय व्रतालु र श्रद्धालु रातभरि घाटमा बसेर छठीमातालाई सम्बोधन गरी गीत गाउँछन्। 

उ जे काँच ही बाँस के दउरवा,

दउरा लचकत जाय

उ जे बाट ही पुछले बटोहिया,

ई भार केकरा ही जाय

तू त आन्हर होइबे रे बटोहिया,

ई भार छठीदेई का जाय

छठको महँगो पूजा लिएर भाइ र बहिनीबीचको संवादरूपी छठी गीत गाउने प्रचलन छ। बहिनी भन्दछिन्-

अपने त जाई छ भइया,

अयोध्या नगरिया,

हमरा लागी लइह हे भइया

गेहुवा सनेसवा।

भाइ महंगीले आफ्नो बाध्यता सुनाउँदै बहिनीसँग यसरी अनुरोध गर्दछन्–

अयोध्या नगरिया गे

बहिनी बढा हइ महँगी

छोडी देहु गे बहिनी

छठ के वरतीया।

बहिनी भन्दछिन्-

अइसन न बोलीह हे भइया,

कहीयो न बोलीह

भीखी दुःखी मागी हो भइया,

करबई छठी के वरतीया। 

सप्तमी तिथिका दिन पुनः अघिल्लो दिनको जस्तै स्नानादि गरी नयाँ वस्त्र धारण गरेर पुनः घाटमा पुगी उदयमान सूर्यलाई अर्घ दिएर पूजा अर्चना गरी व्रत समाप्त गरिन्छ। छठको प्रसाद भक्तालु र श्रद्धालुले निकै श्रद्धाभावले ग्रहण गर्छन्। षष्ठीको साँझ र सप्तमीको बिहान अर्घ दिने बेलामा घाटको दृश्य अति रमणीय र मनमोहक हुन्छ। यस व्रतमा आर्थिक, सामाजिक, धार्मिक दृष्टिले भेदभावको कुनै स्थान रहँदैन। आर्थिक दृष्टिले कमजोर भएकाहरूलाई स्वतः स्फर्त रूपमा व्रतका आवश्यक सामग्री उपलब्ध हुँदै जान्छन् भन्ने जनविश्वास छ तर त्यसका लागि पूर्ण विश्वास र श्रद्धाभाव आवश्यक पर्छ।

यो समस्त जातजातिले मनाउने पर्व पनि हो। समानरूपमा एउटै पोखरी या जलाशयको किनारमा सूर्यको पूजा गर्ने चलन जातिय समन्वय र सद्भावको ज्लवन्त उदाहरण हो। हिन्दू वर्ण व्यवस्था अन्तर्गत जातीय छुवाछुत र भेदभाव आज पनि हाम्रो समाजमा एउटा कलंकको रूपमा यथावत् छ तर यस पर्वमा डोमबाट बनाएको डलिया, कुम्हारबाट बनाएको माटोको भाँडा–दियाको पनि पूजामा श्रद्धापूर्वक उपयोग हुन्छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्