डडेल्धुरा- डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन्।
कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिबार बिहान दुर्घटना भएको हो। प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन।
घाइतेहरूको उद्धार गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले बताए।
४० जना यात्रु सवार उक्त बस सडकबाट करिब ४० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।