काठमाडौं- जल तथा मौसम विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले केही दिन तुवाँलो लाग्ने र पारदर्शीतामा कमी आउने जानकारी दिएको छ।
शुक्रबार साँझ एक सूचना जारी गर्दै महाशाखाले यस्तो जानकारी गराएको हो।
हाल भारतको उत्तर प्रदेशको वायुमण्डलमा धुलोका कण रहेकाले तुवाँलो लागेको र पश्चिमबाट आउने वायुको कारण नेपालको वायुमण्डलमा धुलोका कणहरुको मात्रा केही दिन बढ्ने महाशाखाको सूचनामा उल्लेख छ।
'केही दिन तुवाँलो लागी पारदर्शीतामा कमी आउने सम्भावना रहेको छ,' महाशाखाले ट्विट गरी दिएको सूचनामा उल्लेख छ।
मौसममा तीव्र परिवर्तन आएको र तुवाँलो लागेको भन्दै भारत सरकारले दिल्लीमा स्वास्थ्य संकट घोषणा गरेको छ।
नयाँदिल्लीमा ५ दिनसम्म विद्यालय समेत बन्द गरिएको छ। तस्बिर स्रोतः हिमावारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।