राजविराज- आत्महत्या गर्न सप्तकोसी नदीमा हाम फालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ।
सप्तरी खडक नगरपालिका-१०, बनौलीकी ती महिलाको उद्धार गरिएको हो। उनले आत्महत्या गर्न शुक्रबार कोसी नदीमा हाम फालेकी थिइन्।
हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेजको ५२ नं. ढोकाबाट हाम फालेकी महिलालाई सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
छठ पूजाका लागि घाट सरसफाई गर्न इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको टोलीले महिलाको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए।
महिलालाई भारदह अस्पतालमा भर्ना गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।