काठमाडौं- सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले दुवै चरणमा निर्वाचन गरिने ठाउँहरुको सूची सार्वजनिक गरेको छ।
आयोगले मंसिर १० गते पहिलो चरणमा ३२ जिल्ला र दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा निर्वाचन गराउने भएको छ।
मंसिर १० गते प्रदेश १ का ७ जिल्ला, प्रदेश ३ का ६ जिल्ला, प्रदेश ४ का ६ जिल्ला, प्रदेश ५ का दुई जिल्ला, प्रदेश ६ का ७ जिल्ला र प्रदेश ७ का चार जिल्लामा निर्वाचन गराउने आयोगको तयारी छ।
यस्तै, मंसिर २१ गते प्रदेश १ का ७ जिल्ला, प्रदेश २ का ८ जिल्ला, प्रदेश ३ का ७ जिल्ला, प्रदेश ४ का ५ जिल्लामा निर्वाचन हुनेछ । मंसिर २१ गते नै प्रदेश ५ का १० जिल्ला, प्रदेश ६ का ३ जिल्ला र प्रदेश ७ का ५ जिल्लामा निर्वाचन गर्ने आयोगले जनाएको छ।
हेर्नुस् कहाँ कहिले निर्वाचन ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।