वीरगञ्ज– महानगरमा १६०० मत गन्दा नेपाली कांग्रेसले अग्रता लिएको छ।
उसका मेयर उम्मेदवार अजय द्विवेदीले ४४६ मत प्राप्त गरेका छन्। उपमेयरमा काग्रेसका उम्मेदवारले ४६२ मत प्राप्त गरेका छन्।
कांग्रेसलाइ राष्ट्रिय जनता पार्टी, नेपालले पछ्याइरहेको छ। उसका मेयर उम्मेदवार राजेशमान सिंहले ३८० मत प्राप्त गरेका छन्।
मेयरमै संघीय समाजवादी फोरमले २४३, माअोवादी केन्द्रले १७६ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।