काठमाडौं- सप्तरीमा धमाधम दुर्लभ जीव अजिंगर फेला पर्न थालेका छन्।
मंगलबार मात्रै सप्तरी प्रहरीले १५ किलो वजनको अजिंगर फेला पारेको हो।
मंगलबार बेलुका ८ बजेतिर सप्तरीको हनुमाननगर कंकालनी नेगरपालिका-१२ कोशी बाँधमा १५ किलो वजनको अजिंगर फेला परेको हो।

अजिंगर देखा परेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले उक्त अजिंगरलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखेको छ।
बिदा सकिएर कार्यालय खुलेपछि जिल्ला वन कार्यालयमा सो अजिंगर बुझाइने प्रहरीले जनाएको छ।
सप्तरीमै कात्तिक ७ गते पनि ७ फिट लामो १२ किलो वजनको अजिंगर फेला परेको थियो।
दिउँसो ३ बजे तिलाठी गाउँपालिका–१ खरोखोलामा अजिंगर फेला परेको जानकारी आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उक्त अजिंगरको उद्दार गरेर वन कार्यालयलाई बुझाएको थियो।
यसभन्दा केही समयअघि पनि सप्तरीमै अजिंगर फेला परेको थियो। पछिल्लो समय सप्तरीमा दुर्लभ जीव अजिंगर धमाधम देखा पर्न थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।