• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रोकियो प्रहरीको भुँडी घटाउने अभियान, रोकिएन बढ्न भुँडी

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १३, २०७६  १०:०६
1140x725

काठमाडौं- प्रहरीको प्रमुख शत्रु को? यो प्रश्नको जवाफमा सबैजसो प्रहरीको एउटै उत्तर आउँछ, ‘जसले कानुनको उल्लंघन गर्छ।’ तर पूर्वडिआइजी रमेश खरेल भने योसँगै अर्को एउटा शब्द पनि थप्थे, ‘भुँडी।’

‘हि मे बी करप्टेड?’ भुँडीलाई प्रहरीको शत्रु मान्ने उनै खरेलले भन्ने वाक्य हो यो। ‘उनी भुँडी ठूलो भएको प्रहरीलाई प्रायः यसै भन्ने गर्थे,’ उनका समकालीन एक प्रहरी सुनाउँछन्, ‘उहाँको भनाइको आशय भुँडी ठूलो भएका प्रहरी भ्रष्टाचारी हुन्छन् भन्दा पनि ठूलो भुँडी पनि भ्रष्टाचार जस्तै शत्रु हो भन्ने हुन्थ्यो।’

चुस्त र दुरुस्त हुनुपर्ने प्रहरीको भुँडी ठूलो हुनु शत्रुसरह हो भन्नु ठिकै हो। सोही कुरालाई मनन गरियो आइजी कुवेरसिंह रानाको पालामा। प्रहरी चुस्त र दुरुस्त देखिनुपर्ने भए पनि अस्वभाविक मोटो भएको र नियमित पुलिसिङ र स्वयं प्रहरीकै स्वास्थ्यमा समेत यसले असर गर्ने भन्दै छानविन गर्न एउटा टोली गठन गरिएको थिो। त्यो टोलीको नाम दिइयो ‘दौडाहा’।

त्यसबेलाको टोलीका सदस्य थिए, एसएसपीहरू रमेश खरेल, सर्वेन्द्र खनाल र ज्ञानोदराज वैद्य। उनीहरुले देशभरका प्रहरी कार्यालयमा कार्यरत प्रहरीको निगरानी गरेर ५४ प्रहरीलाई कारबाही गर्नसमेत सिफिरिस गरेका थिए। जसमा १ जना सई, ८ जना असई, २३ हवल्दार र २२ जवान थिए।

यो दौडाहा टोलीले अनुगमन गरिसकेपछि कानुनी दायरामा ल्याउन भन्दै प्रहरी मुख्यालयले तत्कालीन एसएसपी सुरेश केसी, घनानन्द भट्ट र रमेश पाण्डे सहितको एउटा टोली नै बनाएको थियो। त्यसपछि २०७० वैशाखबाट औपचारिक रुपमा प्रहरीमा भुँडी घटाउने अभियान सुरु गरिएको थियो। 

त्यो अभियान अहिले आएर रोकिएको छ। तर प्रहरीको भुँडी बढ्ने क्रम भने रोकिएको छैन। अझ भनौं प्रहरीका भुँडी घट्नुको साटो झन् बढ्दै गएका छन्। प्रहरी भन्ने बित्तिकै आम मानिसमा चुस्त, दुरुस्त, फुर्तिलो, छरितो, स्वस्थ र स्मार्ट मानिसको आकृति आँखामा आउँछ। तर, केही प्रहरीको शरीर हेर्ने हो भने प्रहरीलाई हेर्ने दृष्टिकोण नै बदलिन्छ। प्रहरी मोटो, भद्दा, कुद्न नसक्ने, अल्छी र रोगी हुन्छन् जस्तो लाग्छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विश्वराज पोखरेल भन्छन्, ‘चुस्तदुरुस्त र फिजिकल फिटनेसका लागि प्रहरी कर्मचारीले भुँडी घटाउनुपर्छ। कामको स्पिड गतिको लागि शारीरिक हिसाबले उसको शरीरमा मोटोपन हुनुहुन्न। २४सैं घन्टा खट्नुपर्ने भएकाले उक्त अभियानले अहिले विश्राम लिएको हो। यसपछि केही कमी–कमजोरी देखिएका छन्। त्यसलाई नेपाल प्रहरीले मेन्टेन गर्छ।’

देशका विभिन्न भागमा साना–साना प्रहरी चौकीका रुपमा छरिएर रहेका कारण यस्तो समस्या आएको डिआइजी पोखरेल बताउँछन्। साना संख्यामा छरिएर रहेका सबै चौकीहरुमा नियमित तालिम सम्भव नहुनु, तालिम केन्द्र सबै स्थानमा नहुनुले पनि भुँडी घटाउने अभियानलाई बाधा गरेको प्रहरी अधिकारी बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल आर्मी र सशस्त्र प्रहरी बलको जस्तो एकै स्थानमा ‘क्लोज क्याम्प’ बनाएर बस्ने संगठन नेपाल प्रहरी नभएकाले पनि नियमित तालिममा यस्तो समस्या आउने गरेको छ।

प्रहरीमा भर्ना छनोटका लागि आवश्यक मापदन्ड पूरा गरे पनि लिइने तालिमबाहेक अन्य तालिमहरु हरेक वर्ष नहुँदा पनि प्रहरीमा भुँडीको समस्या देखिएको पूर्व आइजी कुवेरसिंह राना बताउँछन्।

‘आर्मी र सशस्त्र प्रहरीमा हरेक वर्ष शारीरिक परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। तर नेपाल प्रहरीमा त्यो अभ्यास छैन,’ पूर्व आइजी राना भन्छन्, ‘एक वर्षमा कम्तीमा एउटा फिटनेस परीक्षा हुने हो भने यो समस्या हट्छ।’

प्रहरीको भुँडी बढ्दै जाँदा अपराधी पक्राउ गर्नुपर्ने प्रहरी नै कुद्न नसक्ने, शरीर भद्दा भएकाले स्मार्टनेस नदेखिने, उद्दार तथा रेस्क्युका काम सहज गर्न नसक्ने र आफ्नै स्वास्थ्यमा समस्या देखिने गर्छ।

Xtrem

Xtrem

विशेषगरी भुँडीको समस्यामा तल्लो दर्जाका प्रहरी कर्मचारी पर्दै आएका छन्। माथिल्लो दर्जाकाले अनुगमन गर्ने र उनीहरुले तल्लो दर्जाकालाई मात्रै कारबाही गर्ने भएकाले यो समस्या आएको गुनासो यसअघि नै आएको थियो।

कानुनी रुपमा भुँडी ठूलो भएका प्रहरीलाई कारबाही गर्ने भन्ने छैन। जसका कारण पनि नेपाल प्रहरीमा बेलाबेलामा भुँडीको समस्या आउने गरेको देखिन्छ। ‘आफ्नो भुँडी ठूलो छ भन्ने मनन आफैंले गर्ने हो। आफैंले घटाउने हो। कानुनमा केही पनि छैन। कम्तीमा विभागीय आदेश भए पनि बनाएर लागू गर्ने हो भने यो समस्या हट्छ,’ पूर्व आइजी राना भन्छन्।

उनका अनुसार हरेक प्रहरी युनिट प्रमुखले इनिसिएसन लिएर आफू फिटनेसमा बस्ने र अरुलाई पनि फिटनेसका लागि आदेश दिने हो भने भुँडीको समस्या हट्न सक्छ। उनको यो कुरालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले पुष्टि पनि गरेका छन्।

अन्य प्रहरी कार्यालयमा हटेको भुँडी अभियान एसपी लम्सालले स्याङ्जामा भने लागू गरिरहेका छन्। भुँडी बढ्दै गएकाले कार्यसम्पादनमा समस्या परेको र प्रहरी कर्मचारी नै रोगी बन्दै गएको भन्दै गत फागुनदेखि एसपी लम्सालले भुँडी घटाउने अभियान सुरु गरेका थिए। कम्प्युटर अपरेटरदेखि लेखापालसम्मलाई उनले दैनिक व्यायाम गर्न निर्देशन दिएका थिए।

अहिले पनि स्याङ्जामा भुँडी घटाउने अभियान जारी छ। उनी भन्छन्, ‘सुरक्षाकर्मीहरु फिट एन्ड फाइन हुनुप¥यो। त्यहीअनुसार काम गरिरहेका हौं। अहिले पनि अभियान चलिरहेको छ। २४सै घन्टा प्रहरीलाई फुर्सद पनि हुँदैन। भ्याएसम्म गरिरहेका छौं। यसको प्रभाव पनि परिरहेको छ। नियमित गराउन सक्नुपर्छ।’

कार्यसम्पादनमा फिजिकल फिटनेस वापतको अंकसमेत पाउने नियम बनाउने हो भने भुँडी घट्ने तर्क उनको छ।

फिल्डमा खटिनुपर्ने तल्लो दर्जाका प्रहरीकोमा समेत भुँडी ठूलो हुने समस्या देखिएको छ। यसले अपराधी पक्राउ गर्न, दैनिक पुलिसिङ सँगसँगै स्वयं प्रहरीको स्वास्थ्यमा पनि असर गरिरहेको हुन्छ।

२०७० सालको उक्त समितिले विशेषगरी हवल्दार, असई र सई तहमा धेरै भुँडे प्रहरी रहेको देखाएको थियो। अहिले पनि तल्लो तहमै भुँडे प्रहरीको संख्या बढी रहेको आकलन छ। यसले गर्दा कार्यसम्पादनमा झनै समस्या हुने देखिन्छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६  १०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्