• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘फूलले फर्कायो स्वदेश’

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ११, २०७६  १६:४६
1140x725

काठमाडौं- खुलेको आकाश। मनै लोभ्याउने गरी फूलेका सयपत्री, गोदावरी र मखमलीहरु। चाडपर्वको मौसम शरदमा मात्र होइन, उनका बगैँचामा सदाबहार फूल फूल्छन्। मौसमी फूलहरु पनि लगाउँछन्। फूलकै सुगन्ध मिसिएको हावा बहन्छ स्वयम्भूनाथ नर्सरी वरिपरि।

आफ्नै माटोको मौलिकता सुगन्धमा मिसिएको छ। फूलको सुगन्धमा मन्त्रमुग्ध हुँदै हरिप्रसाद ढकालले फूलसँग काम गरेको ८ वर्ष बितेको छ। 

‘हुन त मेरो फूलसँगको नाता ८ वर्षदेखिको मात्र होइन। तर फूललाई नै प्रेम गरेर व्यावसायिक रुपमा फूल खेतीमा लागेको ८ वर्ष पूरा भयो,’ मुस्कुराउँदै हरिप्रसादले सुनाए। हरिप्रसाद काम गर्न थालेदेखि नै नर्सरीमा माली भए। फूलसँगै काम गरेर उनी जीविकोपार्जन चलाए।

‘लगभग २० वर्ष अघि नर्सरीमा माली हुँदा उनको मासिक तलब १८ सय थियो। त्यो बेलाको समयमा १८ सय रुपैयाँको महत्व पनि धेरै थियो। त्यतिले जे होस् घर खर्च धान्न पुगेको थियो,’ उनले भने। मकवानपुर हेटौडाका हरिप्रसाद काठमाडौंमा फूल खेती गर्ने सोचेर नै काठमाडौं आएका थिए। 

सुरुमा फूलखेती गर्न अनुभव थिएन। उनी महाराजगञ्जस्थित एक नर्सरीमा मालिका रुपमा काम गर्न थाले। अरुको नर्सरीमा काम गर्दागर्दै उनलाई आफ्नै नर्सरी खोल्ने सोच आयो। थोरै जग्गामा नर्सरी सञ्चालनमा ल्याए।  त्यो नर्सरीमा धेरै समय काम नगर्दै उनको सपना बद्लियो। 

000

‘आफ्ना दौँतरीहरु सबै सुकिलामुकिला भएर परदेशबाट सुटकेस गुडाउँदै फर्कन्थे, आफू मात्र कति धुलोमैलो भएर बस्नु जस्तो लाग्न थाल्यो। त्यसपछि म पनि जहाज चढेर एकपटक परदेश जाने सोच बनाएँ,’ उनले भने। १२ वर्ष अगाडी हरिप्रसाद ओमान पुगे। ठूलो जहाज चढेर परदेश जाने उनको सपना पुरा भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘परदेशमा पैसा टिप्न पाइन्छ भनेर साथीहरु जिस्काउँथे। रुख त हुँदो रहेछ, टिप्नै गाह्रो,’ ठट्टा गर्दै हरिप्रसादले सुनाए। 

‘म होटलमा खाना पकाउने काम गर्थें, दैनिक ८ घन्ठा ड्युटी थियो। नेपाली रुपैयाँ १५ हजार बराबर कमाई गर्न एक महिना कुर्नु पर्थ्यो। मेरो काम त अरुको तुलनामा सजिलो थियो। अरु नेपाली दाजु भाइहरुको परदेशको दुःख देखेर आफू प्रति नै सहानुभूति लाग्यो,’ उनले थपे। 

धेरैजसो युवाहरु बाध्यताले परदेशको यात्रा तय गर्छन्। रहरले परदेशिने विरलै भेटिन्छन्। विरलैमध्येका एक हुन् हरिप्रसाद। आफ्नो घर खर्च चलाउन आफ्नै देशमा आम्दानी गर्दागर्दै पनि ठूलो जहाज चढेर परदेश जाने रहरले ओमान हानिएका थिए उनी। परदेश पुगेपछि मात्रै हरिप्रसादलाई धुलोमैलोको महत्व थाहा भयो। ओमान छँदा हरिप्रसादले घरिघरि परिवार सम्झिए। घरिघरि फूलसँगको आफ्नो नाता सम्झिए। 

Xtrem

Xtrem

‘फूल व्यवसायमै यसरी खट्न सकेको भए यति रकम कमाउन परदेशमा आउनु पर्ने थिएन। दिनरात यस्तै सोचिरहेँ,’ उनी भन्छन्, ‘परदेश जाँदा लागेको ऋण तिर्नकै लागि भएपनि करार अवधिसम्म बस्ने सोच बनाएँ।’ दुई वर्षको ओमान बसाइपछि उनलाई सुकिलो जीवनको रहर पुग्यो। 

000

फूल व्यवसायमै जम्ने सोच बनाएर दुई वर्षको करार अवधिपछि हरिप्रसाद स्वदेश फर्किए। ‘मलाई परदेशबाट फूलले फर्कायो,’ मुस्कानका साथ उनले थपे, ‘मैले ओमान जाँदा लागेको ऋण तिरेर पनि केही रकम बचाएर ल्याएको थिएँ। फूल खेती गर्न धेरै ठूलो लगानी त लगाउनु पर्दैनथ्यो। एकजना साथीसँग सहकार्यमा मैले नागार्जुन नगरपालिका सितापाइलामा स्वयम्भूनाथ नर्सरी सुरु गरेँ।’ 

उनका साथीको ३ लाख र उनको ३ लाख गरी जम्मा ६ लाख लगानीमा १ रोपनी जग्गा भाडामा लिएर सुरु गरेको नर्सरी राम्रोसँग चलिरहेको छ। पार्टनरसिपमा नर्सरी सञ्चालनमा ल्याएको २ वर्ष भएको थियो। उनका साथीले छाडे। हरिप्रसादले मात्रै एकलौटी सञ्चालनमा ल्याएको भने ६ वर्ष भयो। 

तिहारमा मात्रै ५ लाखको व्यापार 
फूलको व्यापार सदाबहार भए पनि दसैँदेखि तिहारसम्म आकर्षक व्यापार हुन्छ। ‘तिहारमा मेरो लगभग ५ लाखको व्यापार हुन्छ, अहिलेसम्म फूलेका फूलहरु खेर फाल्नु परेको छैन,’ उनले भने। 

तिहारमा सबैभन्दा बढी सयपत्री, गोदावरी र मखमलीको व्यापार हुन्छ।

यो सिजनमा उनी यस्तै प्रकारका फूलहरु नर्सरीमा फूलाउँछन्। अरु समयमा पनि सिजन अनुसारका फूलहरु फूलाउँछन्। 

फूल हेरिहेरि फूलका बोटहरुको मूल्य निर्धारण गर्दछन्। ‘एउटा गमला २ सय ५० देखि ६ सयसम्म पर्छ’ उनी सुनाउँछन्, ‘गोदावरी फूलको गमला २ सय ५० मा बिक्री गर्छु।’
 
मासिक ५० हजार बचत  
हरिप्रसादका दुई जना छोराछोरी छन्। छोराछोरीलाई पढाउन, घर खर्च चलाउन नर्सरीकै आम्दानीले चलिरहेको छ। नर्सरी सञ्चालन गरिरहेको जग्गाको भाडा ४० हजार छ। सबै खर्च कटाएर पनि नर्सरीबाट राम्रो आम्दानी भइरहेको छ। 

‘श्रीमती पनि नर्सरीमै खट्छिन्। खटाइअनुसार आम्दानी पनि राम्रो छ। महिनामा ५० हजार बचत हुन्छ,’ हरिप्रसादले सुनाए, ‘साथीको लहीलहीले फूलखेती माया मारेर परदेशिएको मलाई फूलखेतीले यति धेरै आकर्षित गर्‍यो कि अब म यो पेशा छाडेर अरु कुनै पेशा गर्दिनँ।’ मेहनत गर्न सके मासिक ५० हजार कमाउन परदेश पुग्न नपर्ने उनको भनाई छ। 

‘परदेशमा के-के न होला भनेर साथीहरुको हुटहुटीमा लाग्ने युवा साथीहरुलाई म सुझाव दिन चाहान्छु। कतिपय साथीहरुको विदेश जानै पर्ने बाध्यता हुन्छ त कतिपय साथीहरु साथीको लहीलहीमा लागेर विदेश पुग्नु हुन्छ। एकपटक परदेश पुगेपछि विदेशमा कमाएको रकम र सिकेको सिपलाई नेपालमै सदुपयोग गर्ने सोच बनाउनुस्,’ हरिप्रसादले भने, ‘देशमै केही गर्ने इच्छा र लगानी गर्ने थोरै पैसा भयो भने ५०/६० हजार कमाउनकै लागि विदेश जानु पर्दैन।’

000

हरिप्रसादले अब पुष्प व्यवसायलाई नै निरन्तरता दिने सोच बनाएका छन्। काठमाडौंमा जग्गा भाडामा पाएसम्म काठमाडौंमै फूल व्यवसाय गर्ने र भाडामा जग्गा नपाए आफ्नै जिल्ला मकवानपुरमा गएर फूल खेती गर्ने उनको सोच छ। 

‘फूलसँग काम गर्न आनन्द पनि छ, आम्दानी पनि राम्रो छ। म यही व्यवसायलाई निरन्तरता दिन्छु। यहाँ जग्गा भाडामा पाउन छाड्यो भने मकवानपुरमै फूल खेती सुरु गर्छु,’ हौसलाका साथ हरिप्रसाद सुनाउँछन्। 

फूलसँगै उनका नर्सरीमा फलफूलका बिरुवाहरु पनि छन्। उनी सुन्तला, कागति, अम्बा, स्टबेरी, आँप लगायत फलफूलका विरुवाहरु पनि नर्सरीमा उर्माछन् र बिक्री गर्छन्।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्