काठमाडौ– महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ भिभिआइपी जुवाडेहरु गैर कानुनी थुनामा राखिएको दावी गदै बन्दीप्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च अदालत पुगेका छन् ।
तिहारभरी थुनामा बस्नु पर्ने भएपछि सर्वोच्च जानेमा क्यासिनोका खेलाडी बलराम सापकोटा ‘बले’ ठेकेदार पवनकुमार गुप्ता,उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामा छन् ।
उनीहरु थुनामा राख्ने प्रहरीको निर्णय गैरकानुनी भएको जिकीर गर्दै आइतवार सर्वाेच्चमा बन्दीको निवेदन दिएका हुन् ।
प्रहरीले उनीहरुलाई सोमबार दिउँसो सर्वोच्च अदालत उपस्थित गराउँदैछ । ‘भीआईपी’ जुवाको खाल, जहाँ बरामद भएको पैसा गन्न तीन घन्टा लागेको थियो । शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।
पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने तयारी प्रहरीले गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।