जनकपुर- दीपावली पर्वको अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
महाेतरीको रामगोपालपुर नगरपालिका–८ टिकुलिया बजारमा करेन्ट लाग्दा धनुषाको जनकपुर उपमहानगरपालिका–२१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
टिकुलिया बजार स्थित जयमहाराजा ज्वेलर्स (सुनचाँदी पसल) मा झिलीमिली बत्ती जडान गर्ने क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
उक्त बत्ती जडान गर्ने क्रममा मुख्यपोलको तारबाट प्रवाह भएको करेन्ट लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीले शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।