काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब-इञ्जिनियर सन्दीप पौडेल र डोजर चालक विक्रम बस्नेतलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ।
शिक्षा विकास निर्देशनालय प्रदेश ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब-इञ्जिनियर पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्तावापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक-पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा पौडेल र रकम लिन मतियारका रुपमा प्रयोग गरिएका डोजर चालक बस्नेतलाई सेवाग्राहीबाट लिएको १ लाख २० हजारसहित पक्राउ गरिएको आयोगको केन्द्रीय कार्यालयले आज जनाएको छ।
आयोगले दुवै अभियुक्तलाई आफ्नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।