काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ।
स्थानीय पाठ्यक्रम महानगरभित्रका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा लागू गरिने महानगरपालिकाको शिक्षा विभाग प्रमुख निर्मला केसीले जानकारी दिइन्। विद्यालय व्यस्थापनको जिम्मेवारी स्थानीय तहमा आएसँगै स्थानीय पाठ्यक्रम लागू हुन लागेको हो।
स्थानीयवासीका सबै आवश्यकता केन्द्रीय पाठ्ययक्रमले पूरा गर्न नसक्ने भएकाले स्थानीय पाठ्यक्रम आवश्यक भएको विभागप्रमुख केसी बताउँछिन्।
महानगरपालिकाले छनोट गरेका स्थानीय पाठ्यक्रमका ५ विषयमध्ये इच्छानुरूप विद्यालयहरूले १ सय पूर्णाङ्कको एक विषय चयन गर्न सक्नेछन्।
हाल महानगरपालिका क्षेत्रमा ९१ सार्वजनिक र ६ सय ४३ संस्थागत विद्यालय सञ्चालनमा छन्। ती विद्यालयमा १ लाख ६५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।