काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ र कान्ति बाल अस्पतालबीच कान्ति बाल अस्पतालमा उपचार गर्न आउने विरामीका अभिभावकहरूका लागि आवश्यक कुरुवा घर निर्माण गर्ने सम्बन्धी समझदारी भएको छ।'
महासंघद्वारा महासंघ सचिवालमा शुक्रबार आयोजित क्यान्सर रोग सम्बन्धी जनचेतनामूलक सामाजिक संवाद कार्यक्रममा सो समझदारी भएको हो।
अभिनेत्री मनिषा कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा र कान्ति बाल अस्पतालका तर्फबाट अस्पतालका निर्देशक प्राडा.आरपी बिच्छाले समझदारीपत्रमा हस्ताक्षर गरे।
सामाजिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष राणाले मुलुकको स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती बन्दै गएको क्यान्सर रोगका विषयमा जनचेतना जगाउने प्रयास स्वरूप महासंघले कार्यक्रमको आयोजना गरेको स्पष्ट पारिन्।
अभिनेत्री कोइरालाले यतिखेर सबै नेपालीले आ–आफ्ना जिम्मेवारी र भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने खाँचो रहेको भन्दै क्यान्सर रोग नियन्त्रणमा पनि पर्याप्त जनचेतनाको खाँचो रहेको बताइन्।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू, उद्यमी व्यवसायीहरू, स्वास्थ्य क्षेत्रका विशिष्ठ व्यक्तित्वहरू, सामाजिक अभियन्ताहरू र संचारकर्मीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।
समझदारि पत्रको पाँच नम्बरमा यस्तो प्रावधान छ:
कुरुवा घरबाट हुने आम्दानी कुरुवा घरको सर सफाई, अस्पतालको अंकोलोजी वार्डमा जनशक्तिको व्यवस्थापन र कर्मचारीहरुको वृत्ति विकास तथा अन्य आवश्यक कार्यक्रमहरु दुबै पक्षको आपसी समझदारीमा पहिलो पक्षले गर्ने। पहिलो पक्ष भनेको कान्ति। क्यान्सर लागेका बालबालिकाको उपचार लामो समय सम्म गर्नु पर्ने र काठमाण्डु मा बस्न महङ्गो हुने हुँदा, परिवारले उपचारनै नगराउने निर्णय लिने गरेकोले त्यसलाइ सम्बोधन गर्न मनिषा कोइरालाको अग्रसरतामा यो भवन बनाउने सम्झोेता भएको हो। यसमा क्यान्सर लागेका बालबालिकाको परिवारलाइ विशेष सहुलियतमा बस्ने ब्यवस्था मिलाइनेछ भने यस भवनबाट हुने आम्दानी अंकोलोजिकै विकासको लागी प्रयोग गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।