काठमाडौं- नेपाल रेडक्रस सोसाइटीको गत सोमबार सकिएको साधारणसभालाई प्रतिनिधिहरुले बहिष्कार गरेका छन्।
साधारणसभालाई प्रदेश र जिल्ला गरी २६ प्रतिनिधिहरुले बहिष्कार गरेका हुन्।
संस्थाका आरोपित पदााधिकारीहरुले राजीनामा गरी अनुसन्धानमा सहयोग नगरेकाले साधारणसभा बहिष्कार गरेको उनीहरुको जिकीर छ।
बनेपामा दुई दिन चलेको साधारण सभामा प्रतिनिधिहरुले संस्थामा भएको आर्थिक परिचालन अपरादर्शी भएको भन्दै आपत्ति जनाएका हुन्।
भूकम्प पश्चात् दातृ रेडक्रसले दिएको आर्थिक सहयोगलाई अपारदर्शी ढंगले खर्च गरिएको भन्दै २६ जनाले लिखित पत्र दर्ता गरेका थिए।
सामग्री खरिदमा अनियमितता,प्रशासनिक बेथिति संस्थामा रहेको औंल्याइएको छ।
परोपकारी संस्थाको नवीकरण नगरी सञ्चालन गरेको उनीहरुको असहमति पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।