काठमाडौं- नेपाल सरकारका १८ कर्मचारीलाई भारतमा सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण सुरु गरिएको छ।
भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग सामेबारदेखि उक्त प्रशिक्षण भारतको बेङ्लुरुमा सुरु भएको हो।
नेपाल सरकारको अनुरोधमा कूल ६० सरकारी अधिकारीहरुको लागि तयार पारिएको यो एक विशेष प्रशिक्षण हो।
प्रशिक्षणले सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा काम गर्न सरकारी अधिकारीको क्षमता अभिवृद्धि हुने लक्ष्य राखिएको छ।
यसअघि भदौंमा २० नेपाली अधिकारीहरुको पहिलो समूहले प्रशिक्षण लिएको थियो।
२१ नेपाली अधिकारीहरुको तेस्रो समूहले यही मंसिर-पौष महिनादेखि प्रशिक्षण लिने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।