राजविराज– भैसी चोरीको आरोपमा सोमबार सप्तरी प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
सप्तरीको बोदेबर्साइन नगरपालिका-५ का २६ वर्षीय मोहम्मद रफिल मिँया, धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ का २८ वर्षीय नारायण बुढाथोकी र सिरहाको महेशपुर पतारी गाउँपालिका–४ का ३५ वर्षीय नसरुल मियाँलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्लाको रुपनी गाउँपालिका–१, रामपुरका विशेश्वर यादवको भैसी चोर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
भैसीको दाम्लो खोल्दै गरेका बोदेबर्साईन निवासी रफिललाई देखेर घरधनीले प्रहरीलाई खबर गरेरका थिए।
इलाका प्रहरी कार्यालय रुपनीले उनलाई रंगेहात पक्राउ गरेको थियो।
उनकै जानकारीका आधारमा नसरुल र नारायणलाई पनि प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए।
ज १ च १२०१ नं. को पिकअप सहित भैंसी कुरेर बसिरहेका वेला पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपनी चौकबाट नसरुल र नारायणलाई पक्राउ गरिएको भारतीको भनाई छ।
पक्राउ परेका तिनै जनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।