जनकपुर- प्रदेश २ सरकारले प्रदेश लोक सेवा आयोगमा दुई जना सदस्य नियुक्त गरेको छ।
प्रदेश २ सरकारले दुई सदस्यमा डा. सुजाता देव र महारुद्र झालाई सोमबार नियुक्त गरेको हो।
नवनियुक्त दुवै सदस्यहरुलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सोमबारै एक समारोहबीच सपथ ग्रहण गराएका छन्।
प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवको सपथ ग्रहण यसअघि नै भइसकेको छ।
सपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज यादव, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश राय, प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादव, नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झासहितको उपस्थिति रहेको थियो।
यो सँगै प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।