काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेता कुमार पौडेल दोहोरो भिडन्तमा मारिएको पुष्टि नभएको ठहर गरेको छ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
आयोगको अनुसन्धानबाट पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको पुष्टि हुन नसकेको देखिएको विज्ञप्तिमा उल्लेख छ। सोमबार बसेको आयोगको बैठक सो निष्कर्षमा पुगेको हो।
आयोगले घटनामा प्रत्यक्ष संलग्न प्रहरी र उक्त टोलीको नेतृत्व गरेका प्रहरी अधिकारीविरूद्ध मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोगका अध्यक्ष अनुपराज शर्माले बताए।
असार पहिलो साता विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज पौडेल लालबन्दी नगरपालिकास्थित जंगलमा भिडन्तमा परी मारिएको प्रहरीले बताएको थिए। उनलाई नियन्त्रणमा लिएर हत्या गरेको भनी संसदमा समेत कुरा उठेको थियो।
उक्त घटनाबारे मानव अधिकार आयोगले स्थलगत अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनका आधारमा आयोगले त्यस्तो निर्णय गरेको हो।
अनुसन्धानका क्रममा आयोगले बारम्बार ताकेता गर्दा पनि शव परीक्षण (पोष्टमोर्टम) र प्रहरी प्रतिवेदन नपाएपछि तीनदिने म्याद तोकेर प्रहरी प्रधान कार्यालयलाई दुवै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।
यस्तो छ सरकार र विप्लव नेकपालाई आयोगले गरेको सिफारिस
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।