लहान– सिरहामा करिब ६ केजी चाँदीका गहनासहित शनिबार एक युवक पक्राउ परेका छन्।
बरियारपट्टी गाउँपालिका–३ स्थित दुर्गा मन्दिर नजिकैवाट मोरङको रंगेली नगरपालिका –९ का २५ वर्षीय उमेश विश्वकर्मालाई पक्राउ गरिएको हो।
उनका साथबाट तयारी अवस्थाको चाँदीको १ सय १२ थान पाउजु, ३१ थन सिक्री, ७२ थान औंठी, १२ थान वाला, ५० थान घुङरु, १ थान व्रासलेट, ७ थान विच्छि र चाँदीका दानासहित करिब ३ लाख मूल्य बराबरको सामग्री बरामद भएको प्रहरीले जनाएको छ।
भारतीय बजारमा खरिद र तयार गरी भन्सार छली गरेर नेपाल आयात भएका सामग्री बरामद भएपछि विश्वकर्मालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
भारतीय सिमाक्षेत्रवाट सुखिपुरतर्फ पैदल आउँदै गरेका विश्वकर्माले शंकास्पद व्यवहार देखाएपछि चेकजाँच गर्दा गहना फेला परेको प्रहरीको भनाई छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।