सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका-७, चारकिलोको खाडलमा एक व्यक्तिको शव फेला परेको छ।
जिल्लाकै बाह्रबिसे नगरपालिका-४ पलाती घर भएका ३३ वर्षीय जीवन थापाको शव बिहान ९ वजेतिर खाल्डोमा भेटिएको प्रहरीले जनाएको छ।
मृतक थापा हाल लामोसाँघु-मुढे सडकखण्डमा डोजर अपरेटरको रुपमा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए।
घटनास्थल लास जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि पठाइएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।