चितवन- उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा एक बिरामीको मृत्यु भएपछि तोडफोड भएको छ।
बिरामीको मृत्युभएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।
नाकको समस्याको उपचारका लागि अस्पताल ल्याइएकी नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा मृत्यु भएको हो।
बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको आइसियु, सिसियु, गेट लगायतका क्षेत्रमा तोडफोड गरेका हुन्।
अस्पताल तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको विषयमा विस्तृत अध्ययन भइरहेको प्रहरीले जनाएको छ।
अस्पतालमा मृतकका आफन्तले उग्र प्रदर्शन र तोडफोड गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गर्नुपरेको पनि बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।