• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपाली कांग्रेसको आजको समस्या

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ३, २०७६  १७:३७
1140x725

नेपाली कांग्रेसको सन्दर्भमा दुई प्रकारका समस्या छन्।

उसका लागि पहिलो समस्या आधारभूत खालको छ।

आन्दोलनकालीन ‘ह्याङ ओभर’ आधारभूत समस्या हो। भूमिगत वा प्रतिबन्धित कालको ‘ह्याङ ओभर’बाट कांग्रेस मुक्त हुन सकेको छैन। नेपाली कांग्रेसलाई आजको दिनमा पनि पञ्चायत वा राणाकालको ‘ह्याङ ओभर’ छ।

कांग्रेसमा त्यो हुनुमा कारण छ।

खुल्लापन आइसक्यो, बहुदल आइसक्यो, गणतन्त्रात्मक प्रणाली आइसक्यो। तर, प्रणाली फेरिएको नेताहरुको मानसिकतामा परेकै छैन। विगतबाट कांग्रेसले छुट्कारा लिने प्रयत्न गरेकै छैन। वर्तमान संरचनालाई कांग्रेसले आत्मसात गर्नै सकेको छैन। आफ्ना संरचना पनि त्यस अनुरुप बनाउन सकेको छैन।

नेपाली कांग्रेसको दोस्रो समस्या हो– ऊ सांगठनिक रुपमा कम्युनिस्टको ‘ह्याङ ओभर’बाट पनि मुक्त हुन सकेको छैन।

कांग्रेसको सांगठनिक संरचना कम्युनिस्टको जस्तै छ। कम्युनिस्टहरुले भन्ने गरेको लेनिनवादी संगठनात्मक संरचनालाई नै कांग्रेसले अंगालेको छ। त्यसबाट मुक्त हुने विधि कांग्रेसले अवलम्बन गर्न सकेको छैन।

कम्युनिस्टले अंगालेको त्यो प्रणाली हो, जहाँ नेताले आफ्ना भोटरहरुको चुनाव गर्छ। जहाँ वास्तविक चुनाव हुँदैन। जहाँ वास्तविक नेतृत्व निर्माण हुन सक्दैन। जहाँ जनताको पार्टीमाथि नियन्त्रण हुँदैन। पार्टीमाथि नेताको नियन्त्रण हुन्छ। नेताले कार्यकर्तालाई नियन्त्रण गरेका हुन्छन्। कम्युनिस्टले बोक्ने प्रणाली कांग्रेसले बोकिरहेको छ। कांग्रेसको आधारभूत सिद्धान्तसँग मेल नखाने विधि कांग्रेसले अंगालिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली कांग्रेसको आधारभूत सिद्धान्त कुनै पनि दुई जना व्यक्ति समान हुन् भन्ने हो। भोटको आधारमा समान हुन्। कांग्रेसमा ५० वर्ष बिताएको व्यक्ति र आजै पार्टीमा प्रवेश गरेको व्यक्तिमा अवसर समान हुनुपर्छ भन्ने आधारभूत सिद्धान्त कांग्रेसको हो। आजै प्रवेश गरेको व्यक्ति पनि नेतृत्वमा पुग्ने चाहना र अधिकारमा समान हुन् भन्ने सिद्धान्त हो। तर, आधारभूत मान्यतालाई कसैले पनि स्विकारेका छैनन्।

धेरै वर्ष कांग्रेसमा गुजारेको व्यक्तिसँग नयाँ अनुहार पनि हक र अधिकारका लागि पार्टीमा समान हुने मान्यतालाई बिर्सिइएको छ। जसका कारण नयाँ अनुहार कांग्रेसमा प्रवेश हुँदैनन्। 

आफूप्रति युवापुस्तालाई आकर्षित गर्न कांग्रेस चुकेको छ। युवा पुस्तालाई के लाग्यो भने कांग्रेसमा प्रवेश गरेर अवसर पाइँदैन। अवसर नपाउने भएपछि युवाहरु किन आउँछन् कांग्रेसमा?

कुनै योग्य व्यक्तिले कांग्रेसमा आजै प्रवेश गरे पनि क्षमता, विचार र क्रियाशीलताका कारणले छोटै समयमा कांग्रेसको नेतृत्वमा पुग्नसक्छु भन्ने उसमा भावना जागृत हुनै सक्दैन। आफ्नो कौशलतालाई नेतृत्वमा पुगेर प्रदर्शन गर्न नपाए पछाडिको बेन्चमा बस्न को जान्छ? जुन पार्टीले नयाँ व्यक्तिलाई ढोका बन्द गरेको छ, त्यो पार्टी अहिलेको जस्तो हुनु स्वभाविक छ।

Xtrem

Xtrem

कुनै योग्य व्यक्तिले कांग्रेसमा आजै प्रवेश गरे पनि क्षमता, विचार र क्रियाशीलताका कारणले छोटै समयमा कांग्रेसको नेतृत्वमा पुग्नसक्छु भन्ने उसमा भावना जागृत हुनै सक्दैन।

२०४६ सालमा देशमा जब बहुदलीय व्यवस्था आयो। त्यसपछि कांग्रेसले आफूलाई आधुनिक पार्टीका रुपमा रुपान्तरण गर्नुपर्ने थियो। समस्या कांग्रेसमा बहुदलीय व्यवस्थासँगै सुरु भएको हो। हाल समस्याको चाङ बढ्दै बढ्दै गएर यो अवस्थामा आइपुगेको मात्रै हो। अहिले आएर समस्या भएको होइन।

कांग्रेसमा संगठनात्मक संरचनाको समस्यासँगै परिवर्तनको संवाहक हुने तर त्यस अनुरुप आफू परिवर्तन हुन नसक्नु अर्को समस्या छ। हिजो संघर्ष, जेल, बिताएकै कारण हामीले थप लाभ लिन पाउनुपर्छ भन्ने सोच हाबी छ। हालका नेताहरुमा सबैले आफूलाई ‘मोर सिनियर’ सम्झन्छन्। बढी अधिकार आफूमा निहित भावनाले कांग्रेस नै कमजोर भएको छ। त्यो पार्टीको विकासका लागि बाधक छ।

नेपाली कांग्रेसलाई उदार पार्टीका रुपमा परिणत गर्नुपर्छ। नेपाली कांग्रेसले आफूलाई उदार पार्टीका रुपमा स्थापित गर्न सके नयाँ पुस्ता अन्य पार्टीमा भौंतारिन जादैनन्।

एउटा उदाहरण भारतीय कांग्रेसको हेरौं। त्यहाँको भारतीय कांग्रेस कस्तो अवस्थामा पुगेको छ भने पार्टीको पद र संरचना आफ्नै संगठनका लागि बोझ भइसकेको छ। 

कुनै कार्यसमितिको लागि मनोनित गर्ने सूचना निकाले त्यहाँ भएभरका उपस्थित हुन्छन्। किन त? पदका लागि।

तर, कांग्रेसको कुनै आधारभूत सिद्धान्तको विषयमा छलफल गर्न बैठक बोलाएमा उपस्थित नै हुँदैनन्। मूल्य, मान्यता, विचार, समसामयिक, वैचारिक विमर्शका लागि पार्टीमा छलफल नै हुँदैन। कांग्रेसलाई नयाँ बनाउनको लागि विमर्श गर्न कांग्रेसको बैठक बस्दैन। पदको राजनीतिले पार्टीको विकासमा बाधा पुर्‍याएको छ।

पार्टीको संरचनागत तहमा नेतृत्वमा नपुगेकालाई भ्रम पनि छ। उनीहरुमा पद नभए केही नहुने सोच कायम छ। संरचनामा नपरेकालाई पद भयंकर ठूलो लागेको छ। पार्टीमा पद सम्मान आर्जन गर्ने थलोका रुपमा परिभाषित गरिएको छ। पद जिम्मेवारीसँग जोडिनुपर्ने हो। सम्मान त नेता स्वयंले आर्जन गर्ने विषय हो। तर,उल्टो भएको छ। पदले नै नेता बनाउने संस्कार विकास हुँदा कांग्रेसमा समस्या छ।

नेता हुनलाई कुनै न कुनै क्षेत्रमा अरुभन्दा भिन्न र उत्कृष्ट हुनुपर्छ। नेता क्षमता, विनयशीलता र गाइड गर्नसक्ने हुनुपर्छ। कांग्रेसले आदर्श मान्दै आएको प्रणालीमा सम्मान, नेतृत्व आफैंले आर्जन गर्ने कुरा हुन्। पद त जिम्मेवारी न हो।

पहिलो पुस्ताका नेतामा स्वभाविक रुपमा ‘ह्याङ ओभर’ छ। नयाँ पुस्तामा समस्या झन् छ, त्यसैले त कांग्रेस गतिशील हुन सकेन। पहिलो पुस्ता आन्दोलनबाट नै प्रशिक्षत भएको हो। पद सर्वेसर्वा भएको नयाँ पुस्तालाई पनि लागेको छ।

पार्टीमा समूह हुन्छन्। तर, विचार प्रदान समूह हुन्छन्। विश्वमा अन्यत्र पनि गुट हुन्छन् भन्दै कांग्रेस रमाउनु व्यर्थ हो। विचारका आधारमा समूहहरु हुनु स्वभाविक हो। नेपालीको जस्तै पार्टीमा स्थायी समूह भएको कहीँ पनि हुँदैन।

अमेरिकाको डेमोक्रेटिक पार्टीमा धेरै वामपन्थी झुकाव राख्नेहरुको संख्या छ। मध्यमार्गीहरुको समूह छ। ‘क्लोज टु द राइट’को समूह पनि छ। त्यसमा स्थायी व्यक्तिहरु हुँदैनन्। पार्टीलाई वैचारिक रुपमा लेफ्टतिर तान्नुपर्ने विचार पक्ष छन्।

यहाँ त विचारको आधारमा होइन, व्यक्तिको आधारमा गुट बनेको छ।

गुटकै कुरा गर्दा कांग्रेसमा दुई समूह देखिन्छ। नेतृत्वमा रहेको पार्टी सभापति शेरबहादुर देउवा र उहाँको प्रतिस्पर्धी समूह। यी दुई समूहमा विचारको आधारमा भएको मतभिन्नता देखिँदैन। आर्थिक दृष्टिकोण, विचारधारामा आधारभूत भिन्नता छँदैछैन। एउटा समूह नेपालमा संवैधानिक राजतन्त्रकै व्यवस्थाको पक्षमा छ। तर उक्त समूहमा झिनो मत छ। सतहमा देखिएका तीन वटै समूहमा विचारमा एकता छ।

राजनीतिक आन्दोलनका क्रममा इतिहास देखि नै कांग्रेसमा गुट थिए। तर, विचारका आधारमा। बीपी कोइरालाले सशस्त्र संघर्षको नीति लिने निर्णय गर्ने। अर्को समूहले शान्तिपूर्ण आन्दोलनको विकल्प देखाउनु।

विचारको आधारमा भएको समूह प्रजातान्त्रिक पद्धतिसँग मेल खान्छ। पछि बिपीले मेलमिलापको नीति लिनुपर्ने अडान राख्दा संघर्षकै नीति लिनुपर्छ भन्ने अर्को समूह थियो। सत्याग्रह गर्ने/नगर्ने विषयमा वैचारिक भेद थियो। २०४६ को आन्दोलनमा वामपन्थीसँग गठजोड गर्ने/नगर्ने मतान्तर थियो। मतान्तर भए पनि समस्या उत्पन्न भएन। विचारका आधारमा समूह निर्माण र विघटन हुँदै आएको थियो। विचारप्रधान समूह भएकाले पार्टी शक्तिशाली थियो।

नेता प्रदीप गिरिको बोलीमा भन्दा पार्टीमा अहिले समूह छैनन्। गिरोह छन्। त्यसमा सहमत हुन सकिन्छ। गुटहरुको कुनै अर्थ छैन। भागवण्डा गर्नुपर्ने भएपछि बनाइएका गुट हुन्। दृष्टिकोणका आधारमा अस्तित्वमा देखिएका गुटको भिन्नता छैन। मासलाई गर्ने अपिललाई भिन्नता छ। काम गर्ने शैलीका आधारमा भिन्नता छ। तर, तिनै समूहका नेताले पार्टीलाई भविष्यमुखी बनाउन सक्ने देखिएको छैन।

पार्टीको सर्वोच्च स्थानमा भएको व्यक्तिले पार्टीलाई हाँक्नुमा कुनै समस्या नहुनुपर्ने हो। सभापतिमा एक किसिम थकित र गलित अवस्था देखिन्छ। नयाँ आशा, भरोसा जोश भएको देखिदैन।

अर्को पक्षले भइरहेको स्थानबाट अर्को स्थानमा चढ्ने प्रयास त हुने नै भयो। पार्टीको नेतृत्व भए/नभए पनि गर्न सकिने थुर्पै कार्य छन्। अरुले के गरेन भन्नेमा सबै प्रष्ट छन्। आफूले के गर्नेमा कोही स्पष्ट छैनन्।

पार्टी पञ्चायतकालीन समयपछि समयानूकल परिमार्जन हुनै सकेन। मानसिकता नै पुरानै हाबी भएकाले पार्टी ग्रसित छ। नयाँ ग्राउण्डको आधारमा पार्टी उभिन सकेको छैन।

पार्टी भविष्यप्रति फर्किनुपर्ने हो। कांग्रेस विगततिर फर्केको छ।

सबैभन्दा प्रगतिशील, अग्रगामी भनिएका नेताको भाषण सुने पनि उनको अभिव्यक्तिमा ७० प्रतिशत विगततिर फर्किएर हुन्छ। २००७/२०१७/२०३६/२०४६ र २०६२/०६३ सालकै कुरा गरेका हुन्छन्। नेताहरुले २०८० वा २०९० सालमा यो–यो कार्य गर्छौ भनेको कहिँ सुनिदैन। पार्टीको अनुहार नै विगततिर फर्किएको छ। भविष्यतिर फर्किने अर्को चुनौती हो।

भर्खर कांग्रेसमा सुधार हुने संकेत पनि देखिदैन। पार्टी केन्द्रबाट पार्टी कार्यकर्तातिर र कार्यकर्ता जनतातिर फर्किनुपर्ने हो। तर, उल्टो भइरहेको छ। कार्यकर्ता नेतातिर फर्केका छन् भने पार्टी भूततिर फर्केको छ।

पार्टीको नेतृत्वमा बसेकाले पार्टीलाई भविष्यमुखी बनाउन नसकेपछि स्वभाविक रुपमा भ्रातृ संस्थाको नेतृत्व पनि त्यसै अनुरुपको हुन्छ। त्यसले पार्टीलाई गरेको क्षतिमा गम्भीर हुनुपर्ने हो। भ्रातृ संस्थामा रहेकाले आफैले गर्न सक्ने निर्णयलाई पार्टी नेतृत्वको मुख हेरेर बसेका छन्। नेतृत्वको दोष देखाएर आफ्नो अयोग्यता ढाकछोप गरेका छन्। केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशन गर्न भ्रातृसंस्थालाई कसले रोकेको छ? पार्टी नेतृत्वले सहजीकरण गरिदिनुपर्ने विषयलाई उचित भूमिका निर्वाह गरेको छैन।

नेपाली कांग्रेसमा सबैभन्दा बढी अवसर प्राप्त गर्नेहरु नै सबैभन्दा बढि असन्तुष्ट छन्। जिल्ला कार्यसमितिको कार्यकर्ताभन्दा प्रदेश कार्यसमितिको कार्यकर्ता असन्तुष्ट छ। तहगत असन्तुष्टि बढ्दै गएको देखिन्छ। उपल्लो पदमा बसेको गुनासो बढी सुनिन्छ। केन्द्रीय सदस्यहरु भन्दा पदाधिकारी असन्तुष्ट छन्। पदाधिकारी भन्दा पार्टी सभापति असन्तुष्ट छन्।

किन? यसको उत्तर छ।

पार्टी सभापतिलाई लाग्छ, मैले चाहे अनुसार गर्न सकिनँ। पदाधिकारीलाई सभापति हुन नपाएकोमा असन्तुष्टि छ। केन्द्रीय सदस्यलाई पदाधिकारीका कारण काम गर्न नसकिएको गुनासो छ। केन्द्रीय सदस्य हुन नसकेकोलाई त्यो स्थानमा पुग्न सकेको भए के के न गर्छु भन्ने लागेको छ। तल्लो तहमा रहेका कार्यकर्ताको असन्तुष्टि पनि कमी छ।

पदमा बसेका सन्तुष्ट भएर काम गर्नुपर्ने हो, तर उल्टो छ। टिकट पाउने, मन्त्री हुने, लाभको पद धारणा गर्नेकै असन्तुष्टिको ग्राफ बढी छ।

(नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री पण्डितसँग लिलु डुम्रेले गरेको वार्तामा आधारित। पण्डित हाल अमेरिकास्थित मिसोउरी वेस्टर्न स्टेट युनिभर्सिटीमा प्राध्यापन गर्छन्।)

प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्