पोखरीमा बेपत्ता बालिका मृत फेला

नेपाल लाइभ | २०७६ कार्तिक ३ आइतबार | Sunday, October 20, 2019 ०७:१९:०० मा प्रकाशित

राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिका-८ स्थित शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी छिन्।

मृत्यु हुनेमा कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी 'डल्ली' भनिने यासिका रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

पोखरीमा नुहाउन जाँदा ती बालिका बेपत्ता भएकी थिइन्। प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा उनी मृत फेला परेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए। रासस