मेलम्ची- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-७ दुवाचौरमा मिनिट्रकको ठक्करबाट १३ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको छ।
मेलम्चीबाट ढुंगा लिएर दुवाचौर जाँदै गरेको बा ५ ख २७५४ नम्बरको ट्रकले ठक्कर दिँदा दुवाचौरका कृष्ण श्रेष्ठका छोरा राजनको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि गाडी र सोही स्थान बस्ने वर्ष ३० वर्षीय चालक सुबन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतक सोही गाडी धनीको छोरा रहेको पुष्टि भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
मृतकको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र मेलम्चीमा लगीएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।