काठमाडौं- गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।
शुक्रबार गृहमन्त्रालयले गरेको निर्णय अनुसार स्याङ्जामा प्रमुख जिल्ला अधिकारीमा राम बहादुर कुरुम्वाङ सरुवा भएका छन्। उनलाई बर्दियाबाट सरुवा गरिएको हो।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोश हरि निरौलालाई गुल्मीको जिम्मेवारी दिइएको छ।
गुल्मीमा कार्यरत यदुनाथ पौडेललाई दार्चुला पठाइएको छ। दार्चुलामा कार्यरत शंकर बहादुर विष्टलाई इलाका प्रशासन कार्यालय चन्द्रौटा (कपिलवस्तु) मा पठाइएको छ।
चन्द्रौटामा कार्यरत प्रेमलाल लामिछानेलाई वर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। वर्दिया र चन्द्रौटामा सरुवा गरिएका लामिछाने र विष्ट उप-सचिव तहका कर्मचारी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।