• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २९, २०८३ Mon, Jul 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुविधाका नाममा लिएको तलब स्थानीय सरकारका पदाधिकारीले फिर्ता गर्नुपर्ला? 

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २, २०७६  ०६:३०
1140x725

काठमाडौं- स्थानीय सरकारका पदाधिकारीहरूले सेवासुविधा मात्रै लिन पाइनेमा तलबका रुपमा लिएको मासिक पारिश्रमिकलाई अवैध ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलबलाई गैरकानुनी भएको  फैसला सुनाएको हो।

अधिवक्ता लोकेन्द्रबहादुर ओलीले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले प्रदेश १ बाहेक ६ वटै प्रदेशले स्थानीय तहका पदाधिकारीको सेवासुविधा सम्बन्धमा बनाएको ऐनका दफा ३ अन्तर्गतका सम्पूर्ण अनुसूचीहरू बदर हुने फैसला सुनाएको हो।

प्रदेशसभाले बनाएका सेवा सुविधासम्बन्धी ऐनका प्रावधान संविधानको धारा २२० को (८) र धारा २२७ सँग बाझिएको हुनाले प्रदेश १ बाहेक ६ वटै प्रदेशले बनाएका सुविधासम्बन्धी ऐनका सबै अनुसूची खारेज गर्ने फैसला भएको अधिवक्ता ओलीले बताए। 

यो फैसलापछि प्रदेश २ र ५ का सेवासुविधासम्बन्धी ऐनबाट दफा १० मा रहेको ‘पारिश्रमिक’ भन्ने शब्द नै बदर हुनेछ।

सर्वोच्चको यो फैसलासँगै एउटा कुरा के प्रष्ट भएको छ भने स्थानीय सरकारका पदाधिकारीहरुले विभिन्न शीर्षकका सेवा सुविधा पाउँछन् तर तलब पाउँदैनन्। 

नयाँ संविधान अन्तर्गत २०७४ मा स्थानीय चुनाव भएपछि नेपालमा अहिले ७ सय ५३ स्थानीय सरकार छन्। चुनावमार्फत हजारौं प्रतिनिधि स्थानीय सरकारको पदाधिकारी बनेका छन्।

उनीहरुले सेवा सुविधाका नाममा मासिक पारिश्रमिक समेत बुझ्दै आएका थिए। 

किन भए ऐन बदर? 
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन ७ वटै प्रदेश सरकारले बनाएका छन्। तर, प्रदेश नम्बर १ बाहेक सबै सरकारले सेवासुविधाका नाममा तलब समेत दिने गरी बनाएको ऐन अदालतले खारेज गरिदिको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

सेवा सुविधाका नाममा तलब समेत तोकेकाले ऐन खारेज भएको वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली बताउँछन्। 

‘प्रदेश संसदहरूले ऐन बनाएका थिए, त्यो ऐन बमोजिम सेवा सुविधा, सर्तहरु जे जति तोकेको छ त्यही अनुसार खानु  पर्नेमा ऐनले सेवा सुविधाका नाममा पारिश्रमिक मासिक तोक्यो,’ ऐन खारेजीको पक्षमा बहस गरेका ज्ञवाली भन्छन्, ‘तोकेको मासिक तलब खान आजकै मितिदेखि खारेज भयो। अब उहाँहरूले मासिक तलब लिन पाउनुहुन्न।’

महान्यायधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जिव रेग्मी पनि अब पारिक्रमिकका रुपमा मासिक तलब स्थानीय सरकारका पदाधिकारीले बुझ्न नपाउने बताउँछन्। भन्छन्, ‘अब पारिश्रमिक नै भनेर लिन नपाइने भयो। सु्विधाभित्र बैठक भत्ता, आते जाते खर्च र  कुनै काम गर्ने जिम्मेवारी दिएको छ भने त्यो काम गर्नका लागि निश्चित रकम मात्रै लिन पाइन्छ।’

महान्याधिवक्ता कार्यालयका प्रवक्ता रेग्मी भर्खरै प्रदेशहरू गठन भएकाले कानुनी ज्ञानको अभावमा संविधान विपरीतका ऐन बन्न पुगेको बताउँछन्। 

‘उनीहरूले सुविधाभित्र तलब, भत्ता भन्ने पनि पर्छ होला भनेर कानुन बनाएको देखिन्छ,’ उनी भन्छन्, ‘भर्खर प्रदेशहरू गठन भएका छन्, धेरै काुननी परामर्श दिने संयन्त्रहरू छैनन्। अलि अध्यन नपुगेको पनि हुन सक्छ।’

तलब फिर्ता 
अदालतको आजको आदेशसँगै एउटा प्रश्न उब्जिएको छ-यसअघि नै स्थानीय सरकारका पदाधिकारीले बुझिसकेको तलब फिर्ता गर्नुपर्छ या पदैन? 

वरिष्ठ अधिवक्ता ज्ञवाली बुझिसकेको रकम भने फिर्ता गर्न नपर्ने तर्क गर्छन्। ‘आजका दिनसम्म त कानुन थियो त्यहीअनुसार उहाँहरूले  खानुभयो,’ ज्ञवाली भन्छन्, ‘तर पहिले नै बुझिसकेको रकम फिर्ता गर्नु पर्दैन। खाइसकेको, पाइसकेको सुविधालाई अन्यथा गर्न मिल्दैन।’

उनी अदालते तलब खानेगरी बनाएका व्यवस्था संविधानसँग बाझिएकाले बाझिएका हदसम्म मात्रै खारेज गरेको भन्दै सेवासुविधा लिन भने विद्यमान कानुन बाधक नहुने बताउँछन्। 

‘सेवा, सुविधा लिने बारे व्यवस्था बाँकी ऐनमा पनि  छ,’ ज्ञवाली भन्छन्, ‘पारिश्रमिक लिने सम्बन्धी व्यवस्था मात्रै खारेज भएको हो। सेवा सुविधा लिन प्रदेशले बनाएको कानुन अहिले पनि बाधक छैन।’ 

रेग्मीचाहिँ अदालतले गरेको फैसालको पूर्णपाठ आएपछि मात्रै पहिले बुझिसकेको रकम फिर्ता गर्नु पर्ने या नगर्नु पर्ने हो भन्ने प्रष्ट हुने बताउँछन्। 

‘फैसलाको पूर्ण पाठ नआइकन यसै हुन्छ भनेर भन्न सकिएन,’ रेग्मीको भनाइ छ, ‘आदेशमा यदि प्रारम्भदेखि नै बदर हुने भनिएको छ भने त्यसअनुसार लिएको तलब फिर्ता गर्नुपर्छ। सर्वोच्चले फैसला भएको मितिदेखि लागू हुने भन्यो भने चाहिँ यसअघि पाइसकेको सुविधामा असर गर्दैन।’

प्रदेश १ ले के गर्‍यो फरक? 
अदालतले ६ वटा प्रदेशले बनाएका ऐन खोरज गरिदिँदा प्रदेश नम्बर १ ले बनाएको ऐन भने खारेजीमा परेन। 

प्रदेश नम्बर १ ले बनाएको ऐन खारेजीमा पर्नबाट जोगिनुको कारण के हो? संविधानसभा सदस्य समेत रहेका नेकपा नेता रेवतीरमण भण्डारीले प्रदेश १ ले बनाएको ऐनको मस्यौदा गरेका थिए। उनले एने खारेजीबाट जोगिनुका यस्ता कारण बताए। 

संविधानले स्थानीय जनप्रतिनिधिका हकमा सुविधा मात्रै लिन पाइने लेखेको छ। स्थानीय तहका पदाधिकारीलाई किन त्यसो गरियो भन्दा स्थानीय तह भनेको त्यो समाजिक सेवा हो। आफ्नो घर आसपासमै बसेर समाजिक सेवा गर्ने भएकाले मासिक तलब नदिने व्यवस्था गरिएको हो। सुविधा दिन सकिने तर मासिक तलब दिन सकिदैन भन्ने संविधानको भावना हो। 

हामीले बनाएको ऐनमा अनुसूची बमोजिमको सुविधा दिइने छ भनेर प्रष्टै राखेका छौं। अनुसूचिमा टेलिफोन, धारा, पानी, बिजुली सुविधा, खजा भत्ता, सरसफाइ, अनुगमन गर्न जाँदाको सुविधा भनेर हरेक शीर्षक सुुविधा छुट्याइएको छ। 

सुविधा भनेको के हो भनेर  हामीले ऐनको परिभाषामा पनि प्रष्टै राखेका छौं। हामीले अनुसूची अनुसारको सुविधा दिइने छ भनेर अनूसूचि १ मा गाउँपालिका, अनुसूचि २ मा नगरपालिका, अनुसूचि ३ मा उपमहानगर पालिका, अनुसूचि ४ मा महानगर पालिका र अनुसूचि ५ मा जिल्ला समन्वय समिति भनेर अलग-अलग राखेका छौं।

यसरी ऐनमै प्रष्ट रुपमा हामीले लेखेकाले प्रदेश १ को ऐन खारेज भएन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति
कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा स्थानान्तरण
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा स्थानान्तरण आइतबार, असार २८, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
‘मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारको प्राथमिकता’ : मन्त्री चौधरी आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्‍यो आक्रमण आइतबार, असार २८, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्