काठमाडौं– एसिसी यू–१९ महिला प्रिमियर कपमा नेपालले सिंगापुरलाई २ सय रनको विशाल लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा बिनाविकेट १९९ रन बनाएको हो।
आजको खेलमा नेपालले इतिहास रच्यो। नेपालले पहिलोपटक कुनै पनि विकेट नगुमाएर २०० रनको लक्ष्य दिएको हो।
नेपालका लागि ओपनरद्वय साना प्रवीन र सावित्रा धामीले सानदार ब्याटिङ गरे।
सानाले ७० बलमा १३ चौकासहित अविजित ९८ तथा सावित्राले ५३ बलमा १३ चौकाको सहयोगमा नटआउट ७८ रनको पारी खेले।
जारी प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ। नेपालले पहिलो खेलमा कतारलाई १०५ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।