धनगढी- धनगढी उप–महानगरपालिका-१४ फुलबारीमा गाईको हत्या गरिएको छ।
स्थानीय गीता चौलागाईंको गोठमा बाँधेर राखेको गाई गएराति चोरेर हत्या गरिएको अनुमान गरिएको छ। राति गोठमै बाँधेको गाई बिहान मासु निकालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए।
जनकाल्याण सामुदायिक वनमा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
राति १ बजेसम्म गोठमै रहेको गाई बिहान दूध दुहुन जाँदा गोठमा नभेटेपछि खोजी गरिएको चौलागाईंले बताइन्।
बुहुलिया सीमा प्रहरी चौकी, फुलबारीले घटनामा संलग्नहरूको खोजी गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।