चौतारा- सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-५, गुन्सामा गएराति एक युवाको घाँटी रेटी हत्या गरिएको छ।
सामान्य विवादमै २८ वर्षीय विजय लामाको सोही गाउँपालिका बस्ने मिलन स्याङ्बो र बमबहादुर स्याङ्बोले हत्या गरेर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
लामाको घाँटी रेटेर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् डिएसपी माधवप्रसाद काफ्लेले पुष्टि गरे। प्रहरीले फरार अभियुक्तहरुलाई खोजी गरिरहेको जनाएको छ।
फरार अभियुक्तहरुलाई खोजी गर्नका लागि प्रहरीले पाँचपोखरी थाङपाल गाउँपालिकाको मानेखरदेखि माथिल्लो भेगसम्म व्यापकरुपमा परिचालन गरेको छ। प्रहरीले सिन्धुपाल्चोक आउने-जाने नाकामा समेत कडा निगरानी गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।