जनकपुर- महोत्तरीमा एक प्रहरी सहायक निरीक्षक (असइ) घुससहित रंगेहात पक्राउ परेका छन्।
कठुधार प्रहरी चौकीका इन्चार्ज बृजेश कुमार चौधरीलाई १३ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो।
भारतीय बजारबाट सामान सिमा क्षेत्रमा पास गराइदिने भन्दै एक व्यापारीसँग १३ हजार रुपैयाँ घुस लिँदैगर्दा असइ चौधरीलाई अख्तियारकाे टोलीले पक्राउ गरेको हाे।
उनलाई थप अनुसन्धानका लागि अख्तियारको बर्दिबास कार्यालय लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।