• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

किन सधैँ 'कुल' देखिन्छन् धोनी?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १, २०७६  ०८:३६
1140x725

काठमाडौं- विश्व क्रिकेटको विरासतमा ‘क्याप्टेन कुल’ तथा ‘आइस म्यान’का रुपमा परिचित छन् पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनी। धोनीको खेल्ने शैली तथा हालसम्म तय गरेको यात्रा र उचाइ जुनरुपमा धेरैका लागि प्रेरणादायी छ, उनको व्यक्तित्वको प्रभावसमेत धेरैमा गाढा गरी परेको छ।

अझै यसो भनौं- जसरी उनको खेल्ने क्षमताबारे चर्चा/परिचर्चा हुनेगर्छ, मैदानमा या मैदान बाहिर पनि उनको व्यवहार र व्यक्तित्वसमेत चर्चाको केन्द्रमा रहने गरेको पाइन्छ। तर, यस्तो चर्चालाई अधिकांशले सह्राहनाको शैलीमा व्यक्त गरेको सुनिन्छ।

आखिर धोनी मैदानमा या बाहिर पनि किन यति भद्र र शालीन देखिन्छन् त? के उनलाई रिस उठ्दैन? उठ्छ भने खास उनीमा के चिज छ, जसले रिस, आवेग वा आक्रोशलाई आफूभित्रै दबाइरहन मदत गर्छ?

कठिन परिस्थितिमा चाल्नुपर्ने आगामी कदममा ध्यान केन्द्रित गर्दा उनलाई आफ्नो भावनामाथि नियन्त्रण राख्न सहयोग मिल्ने रहेछ।

केही महिनाअघि मात्रै भएको एकदिवशीय विश्वकपको अन्तिम ४ बाट बाहिरिएपछि धोनीले आफ्नो स्वभावबारे पहिलोपटक केही प्रकाश पारेका थिए।

विश्वस्तरमा सम्भवतः सबैभन्दा तीक्ष्ण र परिस्थितिको परख गरी कदम चाल्ने दिमाग भएका खेलाडीमध्येका एक धोनीलाई थाहा छ कि कठिन अवस्थामा आफू वा टोलीका अन्य साथीलाई कसरी दबाबबाट बाहिर ल्याउने। जबजब यस्ता कठिन अवस्थालाई फर्केर हेरिन्छ, यस्तो बेला उनले आफ्नो उच्च क्षमता प्रदर्शन गरेको उनको करियरलाई फर्केर हेर्दा स्पष्ट हुन्छ। जुन समय अधिकांश अवस्थामा उनी मात्रै होइन टोलीले समेत सफलता आत्मसाथ गरेको छ।

सन् २०११ आफ्नै भूमीमा पहिलोपटक तथा समग्रमा दोस्रोपटक (पहिलोपटक कपिलदेवको कप्तानीमा भारत सन् १९८३ मा विश्वविजेता बनको थियो) भारतलाई विश्वकपको उपाधि दिलाउने क्रममा धोनीले नै कप्तानी पारी खेलेपछि सहआयोजक समेत रहेको श्रीलंकालाई पाखा लागाएको थियो। उनले त्यतिबेला बनाएको ७९ बलमा अविजित ९१ रन होस् या सन् २०१३ को च्याम्पियन्स ट्रफीको फाइनलमा कम लक्ष्य दिएको अवस्थामा पनि बलहरुलाई सटिक ढंगबाट चलायमान बनाइ ट्रफी हत्याउँदा (२० ओभरमा १ सय ३० रनको लक्ष्य दिएकोमा इंग्ल्यान्डलाई भारतले उसकै भूमीमा १२४/८ कै अवस्थामा रोकेको थियो) होस्, धोनीको यस्तो क्षमता धेरैपटक दोहोरिएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

उनी यस कुरालाई भने स्वीकार गर्छन् कि भारतीय क्रिकेट टोलीका अन्य सदस्यभन्दा उनी आफ्ना भावनालाई राम्रो तवरबाट नियन्त्रणमा राख्न सक्छन्।

आखिर यसभित्रको अन्तर्य के छ त? आउनुहोस् धोनीकै शब्दमा बुझौं-

‘मलाई पनि धेरैपटक रिस उठ्छ, निराश भइरहेको हुन्छु, आखिर म पनि सबैजस्तै मानिस न हुँ। तर, अन्य साथीभन्दा मैले केही बढी आफ्ना भावनालाई नियन्त्रण भने गर्नसक्ने रहेछु। तर, यो महत्वपूर्ण छ कि रिस, आक्रोश, आवेग या बदला, यस्ता कुनै पनि भावना रचनात्मक हुँदैनन्।’

‘म भावी रणनीति बनाउन दिमागलाई बढी जोड दिइरहेको हुन्छु। मलाई लाग्छ छोटो समयमा प्राप्त गर्न सकिने लक्ष्यको महत्वलाई बुझ्नसक्ने हो भने यसले ठूलो सफलता हासिल गर्न सहयोग पुर्‍याउँछ।’

क्रिकेटका तीनवटै फर्म्याटमा गरी कूल ५ सय ३८ खेल खेलिसकेका धोनी थप्छन्, ‘भावनाभन्दा पनि तत्कालै के गर्न आवश्यक छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।’

‘मैले अब बनाउनुपर्ने नयाँ रणनीति के हो? आगामी समयमा मैले प्रयोगमा ल्याउन सक्ने उपयुक्त व्यक्ति को हुनसक्छ? जब एकपटक म यसबारेको सोचमा समाहित हुन पुग्छु, तब मैले मेरा भावनालाई सहज तवरबाट नियन्त्रण गर्नसक्छु।’

‘यदि टेस्ट म्याच खेल्नुपर्नेछ भने तपाईंसँग २ पारी हुन्छ, तपाईंलाई आफ्नो आगामी रणनीति बनाउन केही बढी समय मिल्छ। खेल यदि टी-२० को छ त तपाईंसँग सोच्न निकै कम मात्रै समय रहन्छ, त्यसकारण यस्तो अवस्थामा भने फरक रणनीति आवश्यक पर्छ।’

‘गल्ती गर्ने मैदानमा एक मात्रै खेलाडी हुनसक्छ वा पूरा टिम नै। सायद हामीले सटिक रणनीति नै अख्तियार गर्न नसकेका हुनसक्छौं, चाहे जुनसुकै प्रारुपको खेल होस्। एउटा टोलीको रुपमा जो हासिल गर्न चाहनुभएको छ, त्यो प्रतियोगिता जित्ने नै हो। तर, यो दीर्घकालीन लक्ष्य हो। अन्ततः तपाईं जे गर्न खोज्नुहुन्छ, त्यसलाई सानो कुरामा तोडिदिनुहुन्छ।’

भारतलाई सन् २००७ मा भएको पहिलो तथा सबैभन्दा कान्छो फर्म्याटको विश्वकपको उपाधी दिलाउने पहिलो कप्तान हुन् धोनी। चिरपरिचित प्रतिद्वन्द्वि पाकिस्तानलाई समूह चरणमा ‘बलआउट’ नियमका आधारमा हराउँदा उनको नेतृत्वलाई धेरैले सम्झिन्छन्। कतिपयले धोनीलाई फरक अवस्थामा आइपर्ने विभिन्न भूमिका तथा जिम्मेवारीलाई सहजै निभाउनसक्ने सीमित व्यक्तिको उदाहरणका रुपमा लिने गर्छन्।

‘सो विश्वकप केही कुराका लागि खास थियो, जसमध्ये धेरैका लागि नयाँ थियो ‘बल आउट,’ उनले पुरानै दिनमा फर्किँदै भने, ‘मलाई अझै पनि याद छ कि हामी प्रत्येक दिन अभ्यासका लागि जान्थ्यौं। तर, प्रत्येक अभ्यास सत्रको अघि या पछि हामी ‘बल आउट’को आभ्यास गर्थ्यौं। सो क्रममा हामीले सबै खेलाडीलाई भनेका थियौं कि यो सबै रमाइलोका लागि मात्रै हो। तर, यसक्रममा जसले सबैभन्दा बढिपटक स्टम्पमा प्रहार गर्नसक्छ, आवश्यक परेको खण्डमा उसलाई उपयोग गर्न सकिनेछ।’

‘यसका लागि म बलर नै हुनुपर्छ भन्ने अनिवार्य थिएन, मात्र आवश्यक थियो यो मेरो अभिभारा हो भन्ने भावना। भलै अभ्यासका क्रममा होस्, यो पनि प्रदर्शनकै रुपमा रहन्छ र हामी दिनहुँ यस्तो अभ्यास गर्नेछौं। यसक्रममा जसले सबैभन्दा बढी सटिक निशाना लगाउन सक्छ, उनीहरु नै आवश्यक परेको खण्डमा प्रयोगमा आउँनेछन्।’

‘अन्ततः जित या हार टोलीमा आवद्ध प्रत्येकका हकमा लागू हुन्छ। टोलीले खेल्ने खेलमा हर कोहीको उत्तिकै महत्वपूर्ण भूमिका र जिम्मेवारी रहन्छ। टी-२० विश्वकपको दौरानमा प्रत्येक खेलाडीलाई दिइएको भूमिका तथा जिम्मेवारी उच्चतम ढंगबाट बहन भएको थियो। यही कारण थियो कि हामी विश्वविजेता बन्यौं।’

(आइसिसीको वेबसाइटमा प्रकाशित यस समाग्री विमर्श कँडेलले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  ०८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्