धादिङ- प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको म्याद अब नथपिने बताएका छन्।
तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदै छ।
सडक निर्माणका लागि यसअघि तीन पटक गरी १० महिना समय थप गरिएकोमा अब तीन महिना मिति थप्ने तयारी भइरहँदा मन्त्री जमरकट्टेलले म्याद नथपिने बताएका छन्।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार, हालसम्म ७४ प्रतिशत काम सकिएको छ।
प्रेस सेन्टर धादिङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा सूचना तथा सञ्चार मन्त्रालयको काम समेत गर्दै आएका मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानुनको निर्माण समेत गरिने बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।