त्रिपोली- लिबियाका प्रधानमन्त्री फाएज सेराजले देशमा राजनीतिक गतिरोधको अन्त्यका लागि सबैसँग आग्रह गरेका गरेका छन्।
उनले यहाँको संविधानसभामा जनमत संग्रहसम्बन्धी कानून निर्माणको प्रस्ताव भइसकेकोले उक्त कानून पारित गरेर देशमा राजीतिक गतिरोधको अन्त्य गर्न आग्रह गरेका हुन्।
सो कानून निर्माणका लागि गएको बिहीबार संसदको अधिवेशन आह्वान गरिएको थियो। प्रधानमन्त्री फाएजले भने,‘जनमत संग्रहसम्बन्धी कानूनका बारेमा निर्णय गर्न हामीले संसदको बैठक आह्वान गरेका छौँ। अब यसैबाट देशले निकास पाओस् भन्ने हामी चाहन्छौँ।’
लिबियामा नयाँ संविधान लेखनको प्रक्रिया सुरु भइसकेको छ। संविधानसभाले मस्यौदा संविधान पारित गर्न खोजिरहेको छ तर त्यसले जनताको मतलाई समेट्न असमर्थ भएको आरोप लागेको छ।
जनमत संग्रहका लागि सहयोग गर्न राज्यका सबै निकाय र अन्तर्राष्ट्रिय समुदायलाई पनि प्रधानमन्त्री फाएजले आग्रह गरेका छन्।
आइतबार अर्थात फेब्रुअरी १८ का दिन लिबियाका पूर्व शासक माउमर गद्दाफिको शासन अन्त्यको घोषणा भएको सातौँ वार्षिकीको अवसर पारेर प्रधानमन्त्री फाएजले टेलिभिजन सन्देशमार्फत सो धारणा राखेका हुन्।
शान्तिपूर्ण तरिकाले शक्ति हस्तान्तरण, अधिकार र स्वतन्त्रताको सुनिश्चित गर्न यहाँ जनमत संग्रह गर्नुपर्ने आवाज उठ्दै आएको छ। साथै संविधान लेखनमा केही विषयहरूमा आम सहमतिका लागि पनि जनमत संग्रहको माग गरिएको हो।
गत जुलाईमा भएको मतदानमार्फत संविधानसभाले मस्यौदा संविधान संसदमा पठाएको छ। तर त्यसलाई अन्तिम रूप दिन संसदको पनि कार्य गरिरहेको संविधानसभाले जनताको सहमति आवश्यक परेको जनाएको हो।
सर्वोच्च अदालतले कतिपय विषयमा जनताको राय लिनका लागि जनमत संग्रहमा जान सकिने खालको निर्णय दिएको छ। ती विवादास्पद विषयहरूको टुंगो लगाउन राष्ट्रिय सहमतिको आवश्यकता रहेको प्रधानमन्त्री फायजले बताए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।