मेक्सिको सिटी- दक्षिण मेक्सिकोमा शुक्रबार भएको सैनिक हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
भुकम्प प्रभावितहरुको उद्दारका लागि जाँदै गरेको सैनिक हेलिकप्टर मेक्सिकोको ओक्साकास्थित सान्टियागो जमिलटेपेकमा गत शुक्रबार दुर्घटनामा परेको थियो।
हेलिकप्टरमा सवार मेक्सिकोका आन्तरिक मन्त्री अलफोन्सो नभरेते तथा ओक्साका प्रान्तका गभर्नर अलेजान्द्रो मुरत भने सकुशल रहेका छन्।
गएको शुक्रबार मेक्सिकोमा ७.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प भएको थियो।
भुकम्पबाट भएको क्षतिको स्थलगत अनुगमन र उद्दारका लागि भुकम्प प्रभावित क्षेत्र ओक्साकामा परिचालन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।