डडेल्धुरा- जिप दुर्घटना हुँदा डोटीमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका-५ का २१ वर्षीय केशव ओझा रहेका छन्।
जिपचालक समेत रहेका ओझाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। जिपमा सवार अन्य ४ जनाको अवस्था सामान्य रहेको जनाइएको छ।
डोटीको दीपायलबाट शिखर नगरपालिका तिजाली चुडीका लागि छुटेको ग१ज ६१७० नम्बरको बोलेरो जिप आज बिहान साढे ३ बजे तिजाली चुडी नजिक दुर्घटनामा परेको हो।
जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ। दुर्घटना रातीको समयमा भएको हुनाले कसरी भयो भन्ने कारण खुल्न नसकेको डोटी प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।