• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
आत्महत्याको बहुआयाम
64x64
नेपाल लाइभ बिहीबार, असोज ३०, २०७६  ०७:५९
1140x725

नेपालमा आत्महत्या बढ्नुका अनेक कारणहरु होलान्, तर ती कारणहरुमध्ये कहीँ न कहीँ अनलाइन प्रेरित ‘भाइरल संस्कृति’ बढी नै जिम्मेवार छ।

‘भाइरल संस्कृति’ अनलाइनमा मात्र सीमित नभएर मान्छेको ‘अफलाइन’ जीवनलाई समेत प्रभाव पार्न सक्ने तहसम्म पुगेको छ। मान्छेको जीवनमा इन्टरनेटमा जस्तो दुरी र समयको संकुचन हुँदैन।

नेपालमा बितेको दशकमा केही मानिस र परिवारको जीवनीमा इन्टरनेटको गतिसँगै बदलाव आएको छ। यसका कारणहरु धेरै छन्। जस्तो कि, रियल स्टेट, रेमिटेन्स, दलीय-व्यापारिक-माफियातन्त्रको जालो आदि।
‘तीव्र गति, जीवन क्षति’ यसै भनिएको होइन।

गति बढी नै चाहिएको हो भने, समाजका सबै अवयवहरुको गति पनि समान स्तरमा चल्नुपर्छ। अरुको जीवनको तीव्रता र आफ्नै ढिलो गतिले मानिसहरुमा निराशा पैदा हुँदै गइरहेको छ।

टमस कार्लिलकै शब्दमा भन्ने हो भने उनी आफ्नो साथी निबन्धकार राल्फ वाल्ड़ो एन्डरसनको घरमा खाना खान बाह्र माइलको पैदल यात्रा गर्थे।

अब यस्तो यात्रामा धेरैको विश्वास र धैर्यता छैन। यो अधैर्यता, मेडिकलको भाषामा ‘एन्जाइटी’; अहिले बढ्दै गइरहेको छ। मलाई लाग्छ, मानव समाजलाई ऐतिहासिक रुपमा ‘गति’ले धेरै प्रभाव पारेको छ।

विद्वानहरुले धेरै पहिलेदेखि भविष्यका मानिसहरुको व्यक्तित्वले ‘गतिको तीव्रता’लाई सहन गर्न सक्ला भनेर प्रश्न गरिरहेका हुन्। त्यति बेला उनीहरुले भौतिक गतिको मात्र आंकलन गरेका थिए, अहिलेको गति भौतिक र भर्चुअल दुवैतर्फ तीव्र हुँदै गइरहेको छ। र, बढ्दो आत्महत्या यसको एउटा उपज हो।

फ्रेन्च समाजशास्त्री इमाइल दुर्खिमले सन् १८९७ मा एउटा मोनोग्राफ प्रकाशन गरेका थिए- आत्महत्या (सुसाइड) नामक। त्यसअघि आत्महत्यालाई समाजसँग नजोडिएको विशुद्ध मनोवैज्ञानिक र व्यक्तिगत कार्यको रुपमा बुझिन्थ्यो। यो पुस्तकमा उनले आत्महत्यालाई मान्छेको व्यक्तिवादिता, लिङ्ग, धर्म, वैवाहिक स्थिति, सन्तान हुनु वा नहुनु, युद्ध, शान्ति, भूगोल र शिक्षा आदि कुराहरुसँग जोडेर हेरेका छन्।

एक शताब्दीभन्दा पुरानो यो पुस्तकलाई समाजशास्त्रमा क्लासिक मानिन्छ। दुर्खिमले पुस्तकमा प्रयोग गरेका तथ्यांकहरुका बारेमा थुप्रै विवादहरु छन्। तैपनि आत्महत्याको बारेमा सामाजिक अध्ययन गर्ने जो कोहीका लागि यो पुस्तक प्रस्थानबिन्दु हो।

‘आत्महत्या’लाई बुझ्न थुप्रै जटिलताहरु छन् र समाजशास्त्र र अरु विज्ञानले एकलकाँटे हिसाबले त्यो कुरा गर्न पनि सक्दैन।

दुर्खिमको पुस्तकपछि भने आत्महत्याका ज्ञानमा समाजशास्त्रले भन्दा ‘साइकियाट्री’ले बढी योगदान गरेको पाइन्छ। यसपछि समाजशास्त्रीहरुले पनि आत्महत्याका बारेमा विश्वविद्यालयमा प्रोग्रामहरु खोल्दै अध्ययन गर्दै गरेको पाइन्छ। तर, धेरै विद्वानहरु ती समाजशास्त्रीय अध्ययनहरुले आत्महत्याको उत्तर दिन नसक्ने निर्क्यौलमा पुगेका छन्। यस्तो हुनुको कारण ज्ञानमाथि भैरहेको चरम श्रम-विभाजन हो।

आत्महत्या एउटा व्यक्तिगत निर्णय र कार्य हो, जसको ज्ञानको श्रम-विभाजन अनुरुप यसको सम्पर्क मनोविज्ञान, जीवविज्ञान र दिमागी रसायनको पनि भूमिका हुने भएकोले रसायन विज्ञानसँग पनि होला। तर, ती निर्णय र कार्यहरु अर्को पाटोबाट हेर्दा सामाजिक उपज पनि हुन्।

‘आत्महत्या’लाई बुझ्न थुप्रै जटिलताहरु छन् र समाजशास्त्र र अरु विज्ञानले एकलकाँटे हिसाबले त्यो कुरा गर्न पनि सक्दैन।

आत्महत्याको दर बढ्नुमा मानसिक स्वास्थ्यप्रतिको सरकारी वा गैरसरकारी उदासिनता पनि एउटा कारण हो।

अहिले नेपाल र विश्वमा बढिरहेको आत्महत्याको दरले केही वैज्ञानिक उत्तरहरु खोजिरहेको छ, जसबाट व्याख्या मात्र नभएर यो दरलाई घटाउन सकियोस्। आत्महत्याको सन्दर्भमा विज्ञान किन पनि महत्त्वपूर्ण छ भने यसको दर घटाउन देशीय र अन्तरदेशीय प्रशासनिक इकाइहरु असफल भइरहेका छन्।

आत्महत्याको दर बढ्नुमा मानसिक स्वास्थ्यप्रतिको सरकारी वा गैरसरकारी उदासिनता पनि एउटा कारण हो। अहिले वास्तविक आत्महत्याको तथ्यांक जति छ, त्यसको सयौं गुना बढी ‘आंशिक आत्महत्या’का नगनिएका केसहरु छन्।

‘आंशिक आत्महत्या’मा मृत्यु नै त हुदैन तर आफूलाई हानी गर्ने क्रियाकलापहरु र उदाशीपना हुन्छ। ‘आंशिक आत्महत्या’ न त तथ्यांकमा समावेश हुन्छ, न त यो समाचार भएर आउँछ। जबकि, आत्महत्या र आंशिक आत्महत्या उस्तै उस्तै हुन्।

पुर्वीय दर्शनमा आत्महत्यालाई अपराधसँग तुलना गर्ने गरिन्छ। तर, यो विचार पनि पछिल्लो समयमा फेल भइसकेको छ। न त अध्ययनहरुले आत्महत्या र अपराधबीचको कुनै सह-सम्बन्ध नै निकालेका छन्। मनोवैज्ञानिकहरुका अनुसार सामाजिक कारणहरुले मानिसले आफ्नो ज्यान आफैं लिने गरेको मानिए पनि यी घटनाहरु पुराना घाउहरुको उपज हो।

त्यसैले त पश्चिमा मनोविज्ञहरु स्कूल र परिवारलाई बच्चाहरुलाई मानसिक चोटपटकहरुबाट बचाउन सल्लाह दिन्छन् ताकि पछि गएर उनीहरु आत्महत्यालाई बढोत्तरी गर्ने सामाजिक वातावरणमा पनि जोगिउन्।

विश्वका अरु देशहरुमा हुने आत्महत्याका कारण र दरहरु नेपालभन्दा फरक हुन्छन्। दुर्खिमले पनि जापान, जर्मनी तथा र स्केनेडेभियन देशहरुका आत्महत्याका फरक फरक चित्रहरु देखाएका थिए।

नेपालमा आत्महत्याका घटनाहरु निरन्तर बढ्दै गएका छन्। प्रहरीको आँकडाअनूसार, सन् २०१७/२०१८ मा  ५३४६  जनाले आत्महत्या गरेका छन्।

विश्वबाट आएका अध्ययनहरु नेपालीहरुले ग्रहण गर्नु त पर्छ नै। तर, नेपालको सामाजिक संरचनाको जानकार र अध्ययन गर्ने र गर्न सक्ने नेपाली विद्वानहरु नै हुन्। नेपाली समाजशास्त्रीहरुले ‘खै केको समाजशास्त्र?’ भन्दै हल्का टिप्पणी गर्ने स्तरभन्दा माथि उठेर आत्महत्या वा अरु महत्त्वपूर्ण विषयमा अध्ययन गर्न जरुरी छ।

नेपालमा ‘अब्सट्रयाक्ट’ आर्थिक-सामाजिक कारणहरुको प्रशस्तै अध्ययन भएका छन्। अब परिवार र स्कूलहरुले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छन् वा सुधार गर्न सक्छन् भन्ने बारेमा अध्ययन हुन जरुरी छ। यो अध्ययन किन पनि जरुरी छ भने आत्महत्या सामाजिक कारणले भए पनि यो नितान्त व्यक्तिगत निर्णय वा वाध्यता हो, जसको निर्धारण मानिसको हुर्काइको प्रकृतिले गर्दछ।

नेपालमा आत्महत्याका घटनाहरु निरन्तर बढ्दै गएका छन्। प्रहरीको आँकडाअनूसार, सन् २०१४/२०१५ मा ४३३२ जनाले आत्महत्या गरेका थिए भने सन् २०१७/२०१८ मा त्यो बढेर ५३४६ पुग्यो।

प्राय मनोवैज्ञानिक तनावलाई आत्महत्याको प्रमुख कारण मानिन्छ। र, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा डिप्रेसन दर २००५ देखि २०१५ सम्ममा लगभग १८ प्रतिशतले बढेको छ। अहिले हरेक ३० जनामा एक जना डिप्रेसनबाट पीडित छन्।

नेपालमा आर्थिक-सामाजिक कारणहरुले मानिसहरुमा नैराश्यता बढाउँदै गएको धेरैले आँकलन गर्दछन्। यी कारणहरुको सिधा असर मानिसको मनोविज्ञानमा कसरी पर्छ, यी कारणहरुको निराकरण र समाधान गर्न गाह्रो र असम्भव प्रायः हुन्छ। किनभने, यी कारणहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक, सांस्कृतिक र सामाजिक गतिहरुमा निर्भर हुन्छन्।

प्राय मनोवैज्ञानिक तनावलाई आत्महत्याको प्रमुख कारण मानिन्छ। अहिले हरेक ३० जनामा एक जना डिप्रेसनबाट पीडित छन्।

आत्महत्याको न्यूनिकरणका लागि त्रिभूवन विश्वविद्यालयको शिक्षण अस्पताल र पाटन अस्पतालका हटलाइन सेवाहरुले तत्काल त केही गर्न सक्छन् तर मानसिक तनावका बिरामीहरुलाई चाहिने लामो हेरचाह र निरन्तरको काउनसिलिङ, सोच्ने तरिकाको बदलाव र बानी सुधार्न प्रेरित गर्ने ‘कगनेटिभ र बिहेबेरिअल थेरापी’का लागि नेपालका संरचनाहरुसँग पर्याप्त स्रोत-साधन छैन। सरकार र गैरसरकारी निकायमा आत्महत्यालाई विस्तृतरुपमा बुझ्ने धैर्यता र साधनको कमी देखिन्छ।

यो प्रसङ्गमा, नेपालले आत्महत्या र मानसिक स्वास्थ्यलाई प्रमुख मुद्दाको रुपमा लिनुपर्छ ताकि सबैले सित्तैमा वा न्यून शुल्कमा आफ्नो उपचार गर्न सकुन्।

तर, मनोवैज्ञानिकहरुले औँल्याएजस्तै भावी पुस्तालाई मानसिक रुपमा बलियो बनाउन स्कूल र परिवारको नै बढी भूमिका हुन्छ। नेपालले पनि स्कूलहरु र परिवारहरुलाई यो बारेमा बुझाउनु अति नै महत्वपूर्ण छ

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना सोमबार, असार १६, २०८२
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु सोमबार, असार १६, २०८२
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्