• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आत्महत्याको बहुआयाम

64x64
नेपाल लाइभ बिहीबार, असोज ३०, २०७६  ०७:५९
1140x725

नेपालमा आत्महत्या बढ्नुका अनेक कारणहरु होलान्, तर ती कारणहरुमध्ये कहीँ न कहीँ अनलाइन प्रेरित ‘भाइरल संस्कृति’ बढी नै जिम्मेवार छ।

‘भाइरल संस्कृति’ अनलाइनमा मात्र सीमित नभएर मान्छेको ‘अफलाइन’ जीवनलाई समेत प्रभाव पार्न सक्ने तहसम्म पुगेको छ। मान्छेको जीवनमा इन्टरनेटमा जस्तो दुरी र समयको संकुचन हुँदैन।

नेपालमा बितेको दशकमा केही मानिस र परिवारको जीवनीमा इन्टरनेटको गतिसँगै बदलाव आएको छ। यसका कारणहरु धेरै छन्। जस्तो कि, रियल स्टेट, रेमिटेन्स, दलीय-व्यापारिक-माफियातन्त्रको जालो आदि।
‘तीव्र गति, जीवन क्षति’ यसै भनिएको होइन।

गति बढी नै चाहिएको हो भने, समाजका सबै अवयवहरुको गति पनि समान स्तरमा चल्नुपर्छ। अरुको जीवनको तीव्रता र आफ्नै ढिलो गतिले मानिसहरुमा निराशा पैदा हुँदै गइरहेको छ।

टमस कार्लिलकै शब्दमा भन्ने हो भने उनी आफ्नो साथी निबन्धकार राल्फ वाल्ड़ो एन्डरसनको घरमा खाना खान बाह्र माइलको पैदल यात्रा गर्थे।

अब यस्तो यात्रामा धेरैको विश्वास र धैर्यता छैन। यो अधैर्यता, मेडिकलको भाषामा ‘एन्जाइटी’; अहिले बढ्दै गइरहेको छ। मलाई लाग्छ, मानव समाजलाई ऐतिहासिक रुपमा ‘गति’ले धेरै प्रभाव पारेको छ।

विद्वानहरुले धेरै पहिलेदेखि भविष्यका मानिसहरुको व्यक्तित्वले ‘गतिको तीव्रता’लाई सहन गर्न सक्ला भनेर प्रश्न गरिरहेका हुन्। त्यति बेला उनीहरुले भौतिक गतिको मात्र आंकलन गरेका थिए, अहिलेको गति भौतिक र भर्चुअल दुवैतर्फ तीव्र हुँदै गइरहेको छ। र, बढ्दो आत्महत्या यसको एउटा उपज हो।

फ्रेन्च समाजशास्त्री इमाइल दुर्खिमले सन् १८९७ मा एउटा मोनोग्राफ प्रकाशन गरेका थिए- आत्महत्या (सुसाइड) नामक। त्यसअघि आत्महत्यालाई समाजसँग नजोडिएको विशुद्ध मनोवैज्ञानिक र व्यक्तिगत कार्यको रुपमा बुझिन्थ्यो। यो पुस्तकमा उनले आत्महत्यालाई मान्छेको व्यक्तिवादिता, लिङ्ग, धर्म, वैवाहिक स्थिति, सन्तान हुनु वा नहुनु, युद्ध, शान्ति, भूगोल र शिक्षा आदि कुराहरुसँग जोडेर हेरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

एक शताब्दीभन्दा पुरानो यो पुस्तकलाई समाजशास्त्रमा क्लासिक मानिन्छ। दुर्खिमले पुस्तकमा प्रयोग गरेका तथ्यांकहरुका बारेमा थुप्रै विवादहरु छन्। तैपनि आत्महत्याको बारेमा सामाजिक अध्ययन गर्ने जो कोहीका लागि यो पुस्तक प्रस्थानबिन्दु हो।

‘आत्महत्या’लाई बुझ्न थुप्रै जटिलताहरु छन् र समाजशास्त्र र अरु विज्ञानले एकलकाँटे हिसाबले त्यो कुरा गर्न पनि सक्दैन।

दुर्खिमको पुस्तकपछि भने आत्महत्याका ज्ञानमा समाजशास्त्रले भन्दा ‘साइकियाट्री’ले बढी योगदान गरेको पाइन्छ। यसपछि समाजशास्त्रीहरुले पनि आत्महत्याका बारेमा विश्वविद्यालयमा प्रोग्रामहरु खोल्दै अध्ययन गर्दै गरेको पाइन्छ। तर, धेरै विद्वानहरु ती समाजशास्त्रीय अध्ययनहरुले आत्महत्याको उत्तर दिन नसक्ने निर्क्यौलमा पुगेका छन्। यस्तो हुनुको कारण ज्ञानमाथि भैरहेको चरम श्रम-विभाजन हो।

आत्महत्या एउटा व्यक्तिगत निर्णय र कार्य हो, जसको ज्ञानको श्रम-विभाजन अनुरुप यसको सम्पर्क मनोविज्ञान, जीवविज्ञान र दिमागी रसायनको पनि भूमिका हुने भएकोले रसायन विज्ञानसँग पनि होला। तर, ती निर्णय र कार्यहरु अर्को पाटोबाट हेर्दा सामाजिक उपज पनि हुन्।

‘आत्महत्या’लाई बुझ्न थुप्रै जटिलताहरु छन् र समाजशास्त्र र अरु विज्ञानले एकलकाँटे हिसाबले त्यो कुरा गर्न पनि सक्दैन।

आत्महत्याको दर बढ्नुमा मानसिक स्वास्थ्यप्रतिको सरकारी वा गैरसरकारी उदासिनता पनि एउटा कारण हो।

अहिले नेपाल र विश्वमा बढिरहेको आत्महत्याको दरले केही वैज्ञानिक उत्तरहरु खोजिरहेको छ, जसबाट व्याख्या मात्र नभएर यो दरलाई घटाउन सकियोस्। आत्महत्याको सन्दर्भमा विज्ञान किन पनि महत्त्वपूर्ण छ भने यसको दर घटाउन देशीय र अन्तरदेशीय प्रशासनिक इकाइहरु असफल भइरहेका छन्।

आत्महत्याको दर बढ्नुमा मानसिक स्वास्थ्यप्रतिको सरकारी वा गैरसरकारी उदासिनता पनि एउटा कारण हो। अहिले वास्तविक आत्महत्याको तथ्यांक जति छ, त्यसको सयौं गुना बढी ‘आंशिक आत्महत्या’का नगनिएका केसहरु छन्।

‘आंशिक आत्महत्या’मा मृत्यु नै त हुदैन तर आफूलाई हानी गर्ने क्रियाकलापहरु र उदाशीपना हुन्छ। ‘आंशिक आत्महत्या’ न त तथ्यांकमा समावेश हुन्छ, न त यो समाचार भएर आउँछ। जबकि, आत्महत्या र आंशिक आत्महत्या उस्तै उस्तै हुन्।

पुर्वीय दर्शनमा आत्महत्यालाई अपराधसँग तुलना गर्ने गरिन्छ। तर, यो विचार पनि पछिल्लो समयमा फेल भइसकेको छ। न त अध्ययनहरुले आत्महत्या र अपराधबीचको कुनै सह-सम्बन्ध नै निकालेका छन्। मनोवैज्ञानिकहरुका अनुसार सामाजिक कारणहरुले मानिसले आफ्नो ज्यान आफैं लिने गरेको मानिए पनि यी घटनाहरु पुराना घाउहरुको उपज हो।

त्यसैले त पश्चिमा मनोविज्ञहरु स्कूल र परिवारलाई बच्चाहरुलाई मानसिक चोटपटकहरुबाट बचाउन सल्लाह दिन्छन् ताकि पछि गएर उनीहरु आत्महत्यालाई बढोत्तरी गर्ने सामाजिक वातावरणमा पनि जोगिउन्।

विश्वका अरु देशहरुमा हुने आत्महत्याका कारण र दरहरु नेपालभन्दा फरक हुन्छन्। दुर्खिमले पनि जापान, जर्मनी तथा र स्केनेडेभियन देशहरुका आत्महत्याका फरक फरक चित्रहरु देखाएका थिए।

नेपालमा आत्महत्याका घटनाहरु निरन्तर बढ्दै गएका छन्। प्रहरीको आँकडाअनूसार, सन् २०१७/२०१८ मा  ५३४६  जनाले आत्महत्या गरेका छन्।

विश्वबाट आएका अध्ययनहरु नेपालीहरुले ग्रहण गर्नु त पर्छ नै। तर, नेपालको सामाजिक संरचनाको जानकार र अध्ययन गर्ने र गर्न सक्ने नेपाली विद्वानहरु नै हुन्। नेपाली समाजशास्त्रीहरुले ‘खै केको समाजशास्त्र?’ भन्दै हल्का टिप्पणी गर्ने स्तरभन्दा माथि उठेर आत्महत्या वा अरु महत्त्वपूर्ण विषयमा अध्ययन गर्न जरुरी छ।

नेपालमा ‘अब्सट्रयाक्ट’ आर्थिक-सामाजिक कारणहरुको प्रशस्तै अध्ययन भएका छन्। अब परिवार र स्कूलहरुले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छन् वा सुधार गर्न सक्छन् भन्ने बारेमा अध्ययन हुन जरुरी छ। यो अध्ययन किन पनि जरुरी छ भने आत्महत्या सामाजिक कारणले भए पनि यो नितान्त व्यक्तिगत निर्णय वा वाध्यता हो, जसको निर्धारण मानिसको हुर्काइको प्रकृतिले गर्दछ।

नेपालमा आत्महत्याका घटनाहरु निरन्तर बढ्दै गएका छन्। प्रहरीको आँकडाअनूसार, सन् २०१४/२०१५ मा ४३३२ जनाले आत्महत्या गरेका थिए भने सन् २०१७/२०१८ मा त्यो बढेर ५३४६ पुग्यो।

प्राय मनोवैज्ञानिक तनावलाई आत्महत्याको प्रमुख कारण मानिन्छ। र, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा डिप्रेसन दर २००५ देखि २०१५ सम्ममा लगभग १८ प्रतिशतले बढेको छ। अहिले हरेक ३० जनामा एक जना डिप्रेसनबाट पीडित छन्।

नेपालमा आर्थिक-सामाजिक कारणहरुले मानिसहरुमा नैराश्यता बढाउँदै गएको धेरैले आँकलन गर्दछन्। यी कारणहरुको सिधा असर मानिसको मनोविज्ञानमा कसरी पर्छ, यी कारणहरुको निराकरण र समाधान गर्न गाह्रो र असम्भव प्रायः हुन्छ। किनभने, यी कारणहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक, सांस्कृतिक र सामाजिक गतिहरुमा निर्भर हुन्छन्।

प्राय मनोवैज्ञानिक तनावलाई आत्महत्याको प्रमुख कारण मानिन्छ। अहिले हरेक ३० जनामा एक जना डिप्रेसनबाट पीडित छन्।

आत्महत्याको न्यूनिकरणका लागि त्रिभूवन विश्वविद्यालयको शिक्षण अस्पताल र पाटन अस्पतालका हटलाइन सेवाहरुले तत्काल त केही गर्न सक्छन् तर मानसिक तनावका बिरामीहरुलाई चाहिने लामो हेरचाह र निरन्तरको काउनसिलिङ, सोच्ने तरिकाको बदलाव र बानी सुधार्न प्रेरित गर्ने ‘कगनेटिभ र बिहेबेरिअल थेरापी’का लागि नेपालका संरचनाहरुसँग पर्याप्त स्रोत-साधन छैन। सरकार र गैरसरकारी निकायमा आत्महत्यालाई विस्तृतरुपमा बुझ्ने धैर्यता र साधनको कमी देखिन्छ।

यो प्रसङ्गमा, नेपालले आत्महत्या र मानसिक स्वास्थ्यलाई प्रमुख मुद्दाको रुपमा लिनुपर्छ ताकि सबैले सित्तैमा वा न्यून शुल्कमा आफ्नो उपचार गर्न सकुन्।

तर, मनोवैज्ञानिकहरुले औँल्याएजस्तै भावी पुस्तालाई मानसिक रुपमा बलियो बनाउन स्कूल र परिवारको नै बढी भूमिका हुन्छ। नेपालले पनि स्कूलहरु र परिवारहरुलाई यो बारेमा बुझाउनु अति नै महत्वपूर्ण छ

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्