• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'१२ वर्ष विदेश बसेर २ छोरी पढाएँ, घरखर्च चल्यो'

‘परदेश बसाइले स्वदेशमै पसिना बगाउन सिकायो’
64x64
नेपाल लाइभ सोमबार, असोज २७, २०७६  २२:१२
1140x725

खोटाङ- उनलाई आजभोलि आफ्नै माटोमा बगाएको पसिनासँग प्रेम हुन थालेको छ। त्यसैले त खोटाङ नुनथलाका युवराज राईले ओमानको भिसा थाती राखेर २ महिनादेखि अटो हाँक्न सुरु गरेका छन्। 

‘परदेशमा १२ वर्ष बिताउँदा लाग्यो, आफ्नै देशमा यसरी पसिना बगाउँदा त केही न केही पक्कै होला नि। उमेरले ३ दशक नाघिसकेपछि चाहिँ अब यही माटोमा केही गर्छु भन्ने सोचेँ,’ युवराज भन्छन्। 

गत साउन महिनादेखि युवराट अटो लिएर खोटाङको सदरमुकाम दिक्तेलबाट नुनथला, अर्खौले, हलेसी, हिलेपानी, बुइपालगायत विभिन्न स्थान पुग्छन्। उनका अनुसार अटोबाट परदेशमा भन्दा राम्रो आम्दानी भइरहेको छ। 

‘चलाउन थालेको दुई महिना भयो। आम्दानी राम्रो छ, सिजनको बेला भएर हो कि?’ युवराज सुनाउँछन्, ‘अटो चलाउन सुरु गरेको महिनादेखि नै राम्रोसँग चलिरहेको छ। दिनमा थोरै भएपनि ४/५ ट्रिप हुन्छ।’ 

‘हामी रिर्जभमा चलाउँछौँ, दिक्तेलबाट हलेसी, बुइपा, अर्खौले जाने मान्छेहरु भेटिन्छन्, राम्रो चलिरहेको छ,’ उनले भने। 

अटोमा पुग्ने ठाउँ अनुसार भाडादर फरक छ। नुनथलाबाट हलेसीसम्म आएको १५ सयदेखि २ हजारसम्म लिन्छन्।  ‘भाडा समय हेरेर हुन्छ। चाडबाडका बेला हामीले चाडबाड नभनी चलाएका हुन्छौँ। यतिबेला नुनथलाबाट हलेसीसम्म पुग्न रिजर्भमा २ हजार लिन्छु,’ उनले भने।

अटोमा एकपटकमा ४ जना अटाउँछन्। ‘पातलो मान्छे हुँदा ५ जना अटाउँछन् नत्र ४ जना मात्र,’ युवराजले सुनाए ।  

Ncell 2
Ncell 2
nimb
nimb

नुनथलामा भेटिएका युवराजकै अटोमा नेपाल लाइभ टिमको एक सदस्य पनि हलेसीसम्म जाने भए। नुनथलाबाट हलेसी पुग्न लगभग १ घन्टा लाग्ने युवराजले सुनाए। म ड्राइभर बस्ने सिट नजिकै भएकाले यात्रा अवधिमा संवाद चल्यो। 

'के को लागि हलेसी पुग्न लाग्नु भएको?'

युवराजको यो प्रश्नपछि हाम्रो थप कुराकानी गर्ने आधार तय भयो। ‘तपाईँको घर कहाँ? अटो कहिलेदेखि चलाउन थाल्नु भएको?’ दुई प्रश्न एकै पटक सामना गर्दै युवराजले सुनाए, ‘अघि तपाईँ अटो चढ्नु भएकै ठाउँमा हो मेरो घर। दुई महिना भयो मैले अटो चलाउन थालेको।’

‘यो भन्दा अगाडि चाहिँ?’ 

Xtrem

Xtrem

‘१२ वर्ष परदेशमै बिताएर फर्केको।’

‘१२ वर्ष ... एउटै देशमा कि?’ 

‘होइन, ३ वटा मुलुक पो पुगियो त।’

‘कुनकुन देश पुग्नु भयो?’ 

‘साउदी, कतार, युएई।’

संवाद चलिरहेको थियो। अटो हुँइकिरहेको थियो। नुनथलाबाट महुरे हुँदै बिजुले पुग्दासम्म युवराजले धेरै कुरा सुनाइसकेका थिए। तर पनि उनको कथा सकिएन। ‘अब आधा घन्टामै हलेसी पुगिन्छ,’ युवराजले हलेसी पुगिने समय जनाउ दिँदा समय अझै लम्बियोस् जस्तै लागिरहेको थियो। 

अटो उस्तै गतिमा कम भएको थिएन। युवराजले आफ्नो बाल्यकालदेखिको कथा सुरु गरे। परिवार सामान्य थियो। सानो छँदा खानलाउनको खासै दुःख थिएन। उमेर बढ्दै गयो। आवश्यकता पनि उमेरसँगै बढ्दै गए। 

‘माध्यामिक तहसम्मको अध्ययन नुनथलाकै जालपा माविबाट सकेँ। त्यतिबेला एसएलसी परीक्षा पास गर्न बडो मुस्किल हुन्थ्यो, मैले २०५७ सालमा एसएलसी दिएको। पास पनि भएँ,’ युवराजले सुनाए। 

एसएलसी दिएर युवराजले एघार कक्षामा भर्ना भए। केही महिना कलेज पनि पुगे। तर कलेज पढ्ने रहरले भन्दा बढी बाध्यताले युवराजलाई घच्घच्याउन थाल्यो। ‘पढ्ने मन त थियो नि! के गर्नु सबै कुरा सोच्नु पर्ने भयो। अलि आर्थिक समस्या पनि भयो, पढाइ छाडेँ,’ उनले भने। 

केही समयपछि युवराजले विवाह गरे। विवाह गरेपछि उनीमाथि जिम्मेवारी थपियो। त्यसपछि उनी २०६० सालमा रोजगारीका लागि कतार पुगे। कतारमा स्काफोल्डिङ कम्पनीमा काम गरे। कमाई ठीकै थियो। तलब करारनामामा जति उल्लेख थियो त्यति त थिएन। तर विदेश जाँदा लागेको ऋण तिर्न र घर खर्च टार्न पुगेको थियो। युवराज कतारबाट दुई वर्षमा फर्किए। पुनः श्रम स्वीकृति लिएर उनी फेरि कतार गए। कतारमा ४ वर्ष बिताएर युवराज युएई पुगे। काम उही थियो। कमाई पनि सामान्य नै थियो। 

‘विदेश गएर टन्न पैसा कमाउने सोचेको थिएँ, विदेशमा कहाँ पैसाको रुख हुँदो रहेछ?,' उनी सम्झिन्छन्, ‘विदेशमा कमाएको पैसा त घर खर्चमै सकियो।’ 

युएईपछि उनी साउदी पुगे। साउदीमा पनि स्काफोल्डिङ काम थियो। कमाई युएई र कतारको भन्दा साउदीमा राम्रो थियो। साउदीमा उनको कमाई पनि मासिक ६० हजारभन्दा बढी थियो।

‘साउदीमा थुप्रै नेपाली साथीहरु थियौँ, त्यसमा पनि खोटाङकै धेरै थियौँ, काम गाह्रो भएपनि रमाइलो नै थियो।’ तर एकदिन त निकै दुखद् घटना भयो, त्यो घटनाले मलाई बढl नै विक्षिप्त बनायो,’ विगत सम्झँदै युवराजले भने। 

युवराजकै कम्पनीमा ४ वटा सेल्टरमा नेपाली साथीहरु भरीभराउ थिए। ‘नेपाली साथीहरु धेरै भएकाले कुन रुममा को साथी बस्छन् भन्ने पनि राम्रोसँग थाहा हुँदैन थियो। हामी पनि एउटै कोठामा पनि धेरै जना थियौँ उनले सुनाए, एक दिनको त्यो कुरा सम्झिँदा अझै मन झसंग हुन्छ। एक जना नेपाली साथी साउदी मैले काम गर्ने कम्पनीमा पुगेको तीन हप्ता मात्रै भएको थियो। पहिलो महिना काम गरेको तलब पनि थाप्न नपाएको। दिनभर काम गरेर बेलुका कोठामा सुतेका उनको बिहानै मृत्यु भयो, यो घटनाले परदेशी जीवन खल्लो लाग्न थाल्यो।’

ती मृतक साथीको शव एक महिनापछि बल्ल नेपाल आयो। युवराजको पनि सोही समयमा नेपाल आउने बेला थियो। त्यसपछि साउदीबाट फर्किएका युवराजलाई पुनः साउदी जान मन लागेन।  

‘साउदीमा हुँदा पैसा त कमाएकै हो। कमाईसँगै खर्च पनि बढ्दै गयो त्यस्तै हो खर्चलाई ठिकै भयो। अलिअलि बच्यो,’ उनले थपे, १२ वर्ष परदेशमै बसियो। परदेशबाट केही भएन भन्दा छोरीहरु पढाउन पुग्यो। अनि अटोमा केही लगानी गर्ने पैसा बच्यो अरु त त्यस्तै हो। 

युवराजका दुई जना छोरी छन्। छोरीलाई धरानमा राखेर पढाएका छन्। 

‘कोठाभाडा नै महिनाको ५ हजार छ, छोराछोरी बजु (हजुरआमा)सँग धरानमा राखेको छु। श्रीमती र म यता छौँ,’ उनी भन्छन्, ‘पहिले विदेशबाट खर्च धान्थेँ. अब अटोबाट।’

‘अटो पनि पूरै आफ्नो भएकै छैन, सबै आफ्नो पैसा भए साढे ५ लाखमा आउने रैछ, थोरै रकम दिएर बाँकी किस्तामा लिएको भएर ७ लाखभन्दा बढी नै पुग्यो, यो अटो पुरै आफ्नो भएकै छैन।’ ३ वर्षका लागि युवराजले अटो किस्तामा लिएका छन्। 

साउदीबाट २०७२ सालमा फर्किएका युवराजलाई परदेशको चक्करले दुई महिना अगाडिसम्म पनि छाडेकै थिएन। विदेशमा पसिना बगाउने बेलामा सोच्थे- परदेशमा जसरी नै आफ्नै देशमा पसिना बगाए कमाई कसो नहोला? तर जब ट्रली गुडाउँदै विमानस्थलको आगमन कक्षबाट बाहिरिन्थे। उनलाई लाग्थ्यो-नेपालमा बस्नु भन्दा विदेश नै जान्छु।’ 

‘विदेशमा जति सुरक्षा नेपालमा छँदै छैन। जब एअरपोर्टबाट बाहिर आउँथे मेरो पुरै मन नै परिवर्तन हुन्थ्यो। विदेश नै हानिन्थेँ । नेपालमा न रोजगारी, न सुविधा न सुरक्षा कसरी बस्नु जस्तो लाग्थ्यो,’ युवराजले भने।

यही कारण पनि युवराजले १२ वर्षसम्म परदेशमै बिताए। बेलाबेलामा मात्र घर फर्कन्थे। उनी परदेश धाउँदाधाउँदै उनका दुई छोरीहरु पनि हुर्किए। विदेशबाट फर्किएर ४ वर्षसम्म घरमै किराना पसलमा बसे। किराना पसलले सबै खर्च धान्न सकेन। 

‘दुई छोरी पढाउनकै लागि भएपनि केही न केही विकल्प त सोच्नै पर्यो, दुई महिना अगाडीसम्म पनि मेरो परदेश जाने सोच थियो, ओमानको भिसा आइसकेको थियो। २५ हजारमा पठाउँछु भनेर म्यानपावरले ७५ हजार माग्यो त्यसपछि मलाई जान मन लागेन’ युवराज भन्छन्, ‘मलाई ५० हजारले स्वदेशमै रोक्यो। २५ हजारमा पठाएको भए एकपटक त ओमान पुगेर आउने सोचेको थिएँ।’

भनेजति लागतमा ओमान जान नपाएपछि युवराजले सोच बदले। भन्छन्, ‘अब विदेश जाँदिन, जे गरेपनि स्वदेशमै गर्छु भन्ने सोचेँ। पहिले घरमै सानो पसलमा अल्झिरहेको म इटहरी गएर अटो चलाउन सिकेँ त्यसपछि काम सुरु गरेँ।’

एकदिन सिकेपछि नै युवराज अटो चलाउन सक्ने भए। ‘बाइक चलाउन जान्ने मान्छेलाई अटो चलाउन त्यति गाह्रो छैन, मैले अटो एकैछिनमा सिकेको,’ उनले भने। 

युवराजले अटो चलाउने रुटमा ३० वटाभन्दा बढी अटोहरु छन्। 'अटो चढ्ने मानिसहरु पनि भइरहन्छन्। जे होस् खाली भइँदैन। राम्रो आम्दानी भइरहेको छ, नत्र त छोरीहरु कसरी पढाउनु,' युवराज भन्छन्। 

अटोसँगै युवराजले विदेशबाट फर्किएका अन्य साथीहरुसँग सहकार्य गरेर बंगुर फार्म सञ्चालन गर्ने योजना बनाएका छन्। ‘गाउँमै सामुहीक बंगुर फार्म सञ्चालन गर्ने तयारी भइरहेको छ । हामीले बंगुर फार्म बनाउन सुरु गरिसकेका छौँ, त्यसपछि अटोसँगै बंगुरबाट पनि आम्दानी हुन्छ की भन्ने आशा छ,’ युवराजले भने। 

युवराज जस्तै थुप्रै युवाहरुको परदेश जानैपर्ने बाध्यता छ। विदेशिनै पर्ने बाध्यतालाई मध्येनजर गर्दै युवाहरुले परदेशमा पसिना बगाएजसरी नेपालमा पनि पसिना बगाउन सके परदेशको जति आम्दानी नेपालमै हुने युवराजको भनाई छ। 

‘हामी विदेश-विदेश भन्छौँ, एकपटक परदेशी जीवन भोगिसकेपछि पसिनाको मूल्य त अवश्य सबैले बुझ्नु हुन्छ, त्यसबारे मैले थप भनिरहनु नपर्ला तर सुरुमा हामी नेपालमै लगानी गर्ने वातावरण नभएर विदेशिन्छौँ। विदेश पुगेर केही आम्दानी गरिसकेपछि नेपालमै आएर पसिना बगाउन सके। यहीँ परदेशको भन्दा राम्रो आम्दानी हुन्छ।’ युवराजलाई परदेशमा बिताएको १२ वर्षले श्रमको मूल्य बुझाएको छ। 

युवराजसँग कुरा गर्दै जाँदा समय बितेको पत्तै नपाइ हलेसी पुगिएछ। उनले अटो रोके। उनीसँगका कुराकानी लगभग टुंगिएका थिए। हामी सबै अटोबाट ओर्लियौं। अटोमा अरु यात्रु जम्मा पारेर उनी फेरि नुनथला लागे। 

 

प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  २२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्