काठमाडौं- अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस २०७६ विभिन्न कार्यक्रम गरी मनाइएको छ।
अक्टोबर १३ अर्थात् आजकै दिन विपदबारेमा समुदायलाई सचेत गराई जनचेतना अभिवृद्धि गर्न यो दिवस मनाउने गरिएको छ।
सन् १९८९ देखि नै विश्वभर मनाइँदै आएको यो दिवसका अवसरमा नागार्जुन नगरपालिका सालिकचोकमा समुदायलाई घरेलु आगलागीबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा जनचेतना अभिवृद्धि गर्ने उदेश्यले र्यालीसहित कार्यक्रम गरेको थियो।
करिब दश बटा बिभिन्न संघ संस्थाको सहभागितमा भएको कार्यक्रममा काठमाडौ महानगरपालिकाको प्राविधिक सहयोग तथा ज्ञानोदय अल्मुनाई एसोसियसनको आयोजना एवं एप्सा नेपाल र सरोकार फाउण्डेसनको सहयोग रहेको थियो।
कार्यक्रममा काठमाडौं दमकलका पूर्व प्रमुख किशोरकुमार भट्टराईले ग्यास तथा बिजुलीबाट हुने घरेलु आगलागीबाट बच्ने उपाय तथा नियन्त्रण गर्ने बिधीको सैद्धान्तिक कक्षा लिएका थिए। यसका साथै ग्यास सिलिण्डरमा सात किसिमबाट आगलागी हुन सकिने उनले बताएका थिए।
आगलागीलाई स्थानीयस्तरमा उपलब्ध साधनश्रोतबाट नियन्त्रण गर्ने सकिने बिधिको प्रदर्शन समेत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।