स्याङ्जा- स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको नयाँ कार्यसमिति चयन भएको छ।
जीवन न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। अधिवेसनबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा माया केसी,उपाध्यक्षमा हरिप्रसाद लुइँटेल, महासचिवमा हेमन्त रानाभाट, सचिव र प्रवक्तामा मुक्ति सुवेदी, सचिवमै मोहनी लाल खनाल चयन भएका छन्।
त्यस्तै कोषाध्यक्षमा खगेन्द्र गैरे,सह कोषाध्यक्षमा डोलराज डुम्रे,महिला संयोजकमा यसोदा पराजुली भट्टराई समेत पदाधिकारीमा चयन भएका छन्।
प्रत्येक दुई वर्षमा हुने अधिवेसनले क्षेत्रीय संयोजक पनि छनोट गरेको छ। मध्य पूर्व संयोजकमा विजय डुम्रे,अमेरिकाका लागि संयोजकमा अरुण क्षेत्री चयन भएका छन्।
सदस्यहरुमा रामचन्द्र शर्मा,दिलबहादुर रानाभाट,लालबहादुर रानाभाट, कृष्ण प्रसाद अधिकारीले जिम्मेवारी पाएका छन्।
अधिवेसनले चार सदस्यीय संरक्षक समिति समेत गठन गरेको छ। प्रमुख संरक्षकको जिम्मेवारी राजेश दर्शन अर्यालले पाएका छन्। अध्यक्षका अर्का आकांक्षी प्रकाश श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा बसेर न्याैपानेलाई सहयाेग गर्न तयार भएपछि अर्याल प्रमुख संरक्षकमा बस्न बाध्य भएका हुन्।
चन्द्रबहादुर रोकाहा,अनन्त कुमार श्रेष्ठ, शालिकराम डुम्रे र देबिलाल भण्डारीलाई संरक्षक चयन भएका छन्।
सल्लाहकारमा प्रमुख सल्लाहकारमा ख्याम नारायण काफ्ले छनोट भएका छन्।
अन्य सल्लाहकारमा रामु बस्याल,भुपराज बस्याल,चोपेन्द्र बहादुर खड्का ,पिताम्बर चापागाईं ( पदमपानी ),भोला पौडेल,यमलाल शर्मा पङेनी ,मोहन पिएसके र गुरुनारायण रानाभाट छन्।
अधिवेसनले स्थानीय संयोजक पनि चयन गरेको छ। सो जिम्मेवारीमा भिरकोट नगरपालिकाका हर्कबहादुर रोकाहाले संयोजक र उपसंयोजकमा सोहि नगरपालिकाका कृष्ण खनाल छन्।
संस्थापक अध्यक्ष राजेश दर्शन अर्याल पुनः अध्यक्षको आकांक्षी बनेपछि नेतृत्व चयन सहज हुन सकेको थिएन। अन्ततः जीवन न्यौपानेलाई अध्यक्ष स्विकार्न अर्याल तयार भएका थिए। अध्यक्षमा जीवन न्यौपानेको नाममा सहमति गर्न प्रकाश श्रेष्ठले प्रस्ताव गरेपछि राजेश दर्शनलाई पछि हट्न दबाब परेको थियो।
शुक्रबार र शनिबार स्याङ्जास्थित बयरघारी बजारमा भएको अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको हो।
१५ देशमा सञ्जाल रहेको समन्वय समितिले राहतका कार्यमा सहयोग गर्दै आएको छ।
समाजले भूकम्प पीडितलाई राहत,समस्यामा परेका नेपालीहरुको उद्धार,अक्षय कोष स्थापना लगायतका परोपकारी कार्य गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।