• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कोजागरा र मिथिलाको पान संस्कृति

आज कोजाग्रत पर्व मनाइँदै
64x64
नेपाल लाइभ आइतबार, असोज २६, २०७६  ११:१८
1140x725

जनकपुर- मिथिलाञ्चलमा आज कोजागरा अर्थात् कोजाग्रत पर्व मनाइँदै छ।

मैथिल संस्कृति अनुसार यो पर्व पारिवारको समृद्धि र सौभाग्यका लागि मनाइजे जनविश्वास छ। मैथिली संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिका रूपमा प्रसिद्ध मानिएको छ। 

यस अवसरमा कुँवेर र इन्द्रको पूजा पनि गरिने प्रचलन छ। मैथिल संस्कतिको एउटा प्रमुख अंग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाइ खाने तथा एक अर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने गर्छन्।

मिथिला क्षेत्रमा मंसिर, माघ, फागुन, जेठ र असार महिनासम्ममा विवाह भएका वरलाई कोजागरामा चुमाउने गरिन्छ। बधु पक्षद्वारा वर पक्षलाई पठाइएको सामग्रीले यो पर्वमा रमाइलो गरी पासा र पचिसी खेल्ने परम्परा छ।

चुमाओन विधिमा शरीरका शीर्षदेखि चरणसम्म पाँचवटा प्रमुख स्थानलाई चुमाउने गरिन्छ। हातका पाँच औंला पञ्च महाभूतका प्रतीक मानिन्छ। पाँच स्थानको स्पर्शले शरीर उर्जावान हुने विश्वास मिथिला क्षेत्रमा पाइन्छ। 

जुन घरमा कोजगरा हुने गर्दछ त्यहाँ विशेष भोजको पनि व्यवस्था गरिन्छ। कोजगरा दिनको भोजको सम्पूर्ण व्यवस्था केटीपक्षले गर्ने चलन रहेको छ। भोजपछि विशेष रुपले पान र मखान खाने चलन समेत छ।

शरद पूर्णिमाको चन्द्रमालाई पूर्णयौवन सम्पन्न चन्द्रमा मानिन्छ। यस दिनको ज्योत्स्नामा अमृत तत्वको वर्षा हुने विश्वास रहेको छ। कोजागरा पर्वलाई जागृति पर्व पनि मानिएको छ। त्यसैले यस पर्वलाई विष्णुत्वको प्रतीकका रूपमा समाजले स्वीकार गरेको पाइन्छ।  

आजको राति कौड़ी खेल्ने परम्परा पनि मिथिलाञ्चलमा रहेको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

मिथिलाको पान संस्कृति 
माछा, पान र मखानका लागि चर्चित मानिन्छ मिथिला नगरी जनकपुरधाममा। मिथिलाञ्चलवासीले पानलाई आफ्नो जीवनको अति आवश्यक सामग्रीको सूचीमा समावेश गरेका पाइएको छ। यहाँ आउने पाहुना, साथी संगीलाई चिया र पानको लागि सोधिने गरिन्छ।

धर्मशास्त्रमा पानलाई शुद्ध र पवित्र मानेर देवतालाई पनि चढाइन्छ। अष्टलक्ष्मी, गणेश, भैरव, जगदम्बाको पुरा र पितृश्रद्धमा पान चढाइन्छ।

सम्पन्न परिवार, पूजा, उत्सव र भोजभतेरमा पान अनिवार्यझैं भएकाले पनि यसले मिथिलाञ्चलमा अधिक महत्व पाएको हो। 
भरदुतिया पर्वमा पानको पात भाइको हातमा राखी पूजा गर्ने चलन छ। विवाहमा वर–बधुलाई मायाका रूपमा पान खान दिने चलन पनि छ। यसबाट परस्परमा मायाको अभिवृद्धि हुने जनविश्वास छ।

पान मिथिला क्षेत्रमा अति पवित्र मानिएको पाइन्छ। यस क्षेत्रमा प्रत्येक पूजा–प्रतिष्ठा, यज्ञ–अनुष्ठान, व्रत, पर्व, शुभाशुभ सांस्कारिक एवं देव–पितृ कार्य इत्यादिका अवसरमा पानको पातको आवश्यकता पर्ने गर्दछ।

Xtrem

Xtrem

यसरी नै गृहदेवताको पूजाआराधनादेखि लिएर सत्यनारायणको पूजा, चौठचन्द्र, छठ पर्व, रविशनि पर्व जस्ता पर्वहरूमा ‘फूलपान’ भनेर ‘अघ्र्य’ चढाइने गरिन्छ, जसमा पानको पात, फूल र फल, प्रायः केरा, राखेर ‘अघ्र्य’ दिइने प्रचलन रहेको छ।

यसका साथै यस क्षेत्रमा पानको पातलाई खाने कार्यमा पनि उपयोग गरिन्छ। पानको पातको कतिपय अवस्थामा औषधीय उपयोग समेत रहेको बताइने गरिन्छ। यसलाई चून, कथा, सुपारी आदिका साथ प्रायः भोजनोपरान्त खाने प्रचलन रहेको छ।

मिथिला क्षेत्रको सुप्रसिद्ध तिथि कोजाग्रत अर्थात् आश्विन पूर्णिमाका दिन मधुर, मखान तथा पान खाने प्रचलन रहेको छ। यसका साथै यस क्षेत्रमा प्रायः आयोजन भइरहने भोजका अवसरमा पनि पान–सुपारी खुवाइने गरिन्छ। यसरी पान खाँदा यसमा अनेक प्रकारका मसाला, जर्दा, सुगन्धित वस्तु इत्यादि पनि मिसाइने गरिन्छन्। 

यसरी पान खानुलाई केही हदसम्म लत (कुलत)को रूपमा पनि हेरिने गरिएको पाइन्छ। यसरी कुनै पनि वस्तु खाने लत लाग्नुलाई मैथिली भाषामा ‘अम्मल’ भनिन्छ। यस प्रकार कतिपय व्यक्तिका लागि पान खानु एक प्रकारको अम्मल जस्तै भएको पनि देखिन्छ।

पानको धार्मिक महत्वसँगै सांस्कृतिक महत्व पनि उत्तिकै छ। कुनै कन्याको सौन्दर्यको वर्णन गरिँदा उनको पातलो ओठलाई ‘पानजस्तो पातलो ओठ’ भनेर तारिफ गरिन्छ।

वात्स्यायनको कामसूत्रमा पान खाने सन्दर्भलाई सोह्रशृङ्गारमध्ये एक मानिएको छ। परापूर्वकालमा महिलाले मात्र पान खाने गरेको प्रसङ्ग समेत त्यसमा उल्लेख भएको पाइन्छ। अचेल स्त्री लिपिस्टिकको प्रयोग गरेर ओठ रातो बनाउने गर्दछन् तर पहिलेका स्त्रीहरू पान खाएर आफनो ओठको  लालिमा बढाउने गर्दथे।

आयुर्वेद चिकित्साका पिता धन्वन्तरीले पानमा १ सय ५ गुण हुने बताएका छन्। उनका अनुसार खानपानपछिको पान अम्मल मात्र नभई पान क्रियाको सहयोगी हुन्छ। रुघाखोकी,सर्दी र रक्त विकारमा पानलाई उत्तम मानिन्छ। आयुर्वेदमा पानको गुण रक्तवद्र्धक, कफनाशक, बलवद्र्धक र रुचिकारक बताइएको छ।

मैथिली संस्कृतिमा पानको प्रमुखताका कारण अनेकौं लोकगीतमा यसको चर्चा पाइन्छ। भाइ–बहिनीको अमरप्रेमको प्रतीक पर्व सामा चकेवाको गीतमा बहिनीले आफ्नो भाइका लागि यसरी गीत गाउँछिन्-
       
पनमा जे खएला हो भैंया पिकीया नेडौला अहिठाम
       तही पिकिये हो भैया जङ्गा–जमुना अएलइ बाढी 

त्यस्तै सोहरगीतमा नायिका गर्भवती भएपछि आफ्ना प्रियतमलाई  भन्छिन्-

ढोलिएक पान देलनी किछु नही देलनी 

एउटा शृङ्गारिक लोकगीतमा पानको यसरी पनि चर्चा गरिएको छ- 

हँसी–हँसी मनमा खियौले बइमनमा
       कि अपने वसे रे परदेश
       गोरी रे चुनरियामे दगिया लगाइ गेले
       मारिके करेजबामे ठेस 

पान मैथिल संस्कृतिको अंग बनेकाले मिथिलाञ्चलमा कलकतिया, बनारसी, देशी, मगही, हरियरपात एवम् मीठा पातको अधिक प्रचलन भएको पाइन्छ।

साधारणतया पान मुखमा राखेर चपाउँदै रसखाने अथवा थुक्ने गरिन्छ भने अन्त्यमा पूरै निल्ने वा थुक्ने गरिन्छ। पान विभिन्न तरिकाले तयार गरिन्छ। पान तयार गर्दा पातलाई टासेर राख्न चुनको लेदो प्रयोग गरिन्छ। केही दक्षिण एशियाली देशहरूमा सासलाई ताजा राख्न पनि प्रयोग गरिन्छ।

पान बहूपयोगी लहरेदार वनस्पति
पान बहुपयोगी लहरेदार वनस्पति हो। पान खाने नेपाल,भारत लगायत दक्षिण(पूर्व एसियाको परम्परा रहेको छ। पानको पातमा चूना, कत्था, सुपारीको टुकडा, सौंफ एवं अन्य विभिन्न प्रकारका मसला सुगन्धित आदि हालेर खाने चलन रहेको छ।

हालसम्मको जानकारी अनुसार पातका ६४ जात भारतमा पाइन्छन्। ती मध्ये प्रमुख जातहरू देशी काली, रायटेक आदि महाराष्ट्रमा। साँची, मिठु (मिठा पत्ता), जहाजी र बंगला पान आसाम र पश्चिम बंगलामा, देशी देशावरी, कपुरी, मधही, वनारसी, कलकतीया बंगलापान उत्तर प्रदेशमा लगाइन्छ।

नेपालमा हासम्म उत्पादन गरिएका जातहरूमा देशी, बंगला, संचारी र मिठापत्ता पान हो। 

पान खेतीका लागि उपयुक्त हावापानी भएको ठाउँमा थोरै जमिन हुने साना कृषकहरुका लागि दीर्घकालीन आयश्रोत बन्न सक्ने तथ्यलाई नकार्न सकिँदैन। भारतको पश्चिम बंगाल राज्यका कम जग्गा भएका पान खेती गर्ने कृषकहरुलाई लिन सकिन्छ। पान खेतीमा स्थानीय श्रोत पारिवारिक श्रमको सदुपयोग वर्षभरि नै गर्न सकिन्छ।

पान खेती गरिने मुख्य ठाउँहरूमा भारतको बगांल, विहार, उत्तर प्रदेश र दक्षिणमा महाराष्ट्र, केरला आदि ठाउँ अग्रणी स्थानमा पर्दछ। पश्चिम बंगालको २४ परगना, हावडा, हुगली, मिदनापुर, विरभूम र मुर्शीदावाद जिल्लाहरुमा पान खेती केन्द्रित पाइन्छ। 

यस बाहेक उत्तर बंगाल र आसाममा रुखका छेउमा पानका लहरा रोपेर पानको पात उत्पादन गरिन्छ। जसलाई स्थानीय भाषामा कचपान पान भनिन्छ। 

कृषि विज्ञ रामेश्वर महतोको अनुसार हाम्रो यहाँ तराईका पूर्वी जिल्लाहरूमा विगत २ दशक देखि पान खेती हुँदै आएको छ। नेपालमा पनि केही समय अघिदेखि तुलनात्मक दृष्टिले थोरै क्षेत्रफलमा भएपनि झापा जिल्लाको शनिश्चरे, मोरङका लेटाङ, मधुमल्ला, सुनसरीको पञ्चकन्या र श्रीपुर तथा सप्तरी जिल्लामा व्यावसायिक स्तरमा परीक्षणको रुपमा पान खेती गर्न थालिएको पाइन्छ।

कृषि विज्ञ महतोले भने, ‘पानको लहरालाई छाया (छहारी) बढी र सामान्य तापक्रम १०–३५ डि.से., बढी आद्रता, केही दिनको अन्तरालमा वर्षा १५००-१८०० मि.मि. र निम्न प्रकाश पुञ्ज चाहिन्छ।’ 

यस्तो हावापानी भएको ठाउँमा पान राम्रोसँग फस्टाउँछ। 

कृषिका जेटिए अरुण कुशवाहाले पानको खेती समुद्र सतहदेखि ९०० मिटरको उचाईसम्म हुन सक्ने बताए। उनको अनुसार उष्ण प्रदेशीय जंगल क्षेत्रमा ठण्डा छहारी, आवश्यक आद्रता र अटुट रुपमा माटोमा चिस्यान हुने हुँदा पनि खेती प्राकृतिक अवस्थामा गर्न सकिन्छ। 

तर अन्य क्षेत्रमा पान खेती गर्दा बगैंचामा आवश्यक छाप्रो, घेरा वेरा, सिँचाइ आदिको व्यवस्था गरी उपयुक्त वातावरण बनाउनु पर्छ। तातो शुष्क हावाले लहरामा भएका कलीला पातको टुप्पा डढाइदिन्छ र ओइलाउँछ। ज्यादै चिसो हावा र तुषारोले पात झर्दछ।

वार्षिक १५ करोड रुपैयाँ बराबरको पान बिक्री 
एक तथ्यांकअनुसार जनकपुरधाममा एक सातामा पाँच लाख पानको पात बिक्री हुन्छ। त्यसमध्ये ६ वटा प्रमुख बिक्रेता मार्फत तीनलाख र भारतीय बिक्रेताबाट अरु तीनलाख पानको पात बिक्री हुने गरेको छ। एक खिल्ली पानको मूल्य मीठा पत्ताको ४०–४५ र बंगला पत्ताको २०–२५ रुपैयाँमा पर्दछ।

यसरी सरदर रुपमा हेर्दा यहाँ वार्षिक १५ करोेड रुपैयाँ बराबरको पानको बिक्री हुने गरेको देखिन्छ। पान र पानको चाहिने सबै मसालाहरु भारतबाट आयात गर्ने गरिन्छ। 

प्रमुख बिक्रेता लालबाबु भगत भारतको कोलकाता र जयनगरबाट पानको पात आयात हुने गरेको बताउँछन्। 

सादा पानलाई औषधिका रुपमा प्रयोग गरिन्छ तर यस्तो पान खाने कमै हुन्छन्। जर्दा पानमा सुर्ति धेरै हुने भएकोले यो स्वास्थ्यका लागि हानिकारक हुन्छ। तर अम्मलीहरु जर्दा पान नै रुचाउँछन्। 

जनकपुरको राम चौकमा पान पसल गर्दै आएका रंजित भण्डारीका अनुसार पानको पात भारतबाट नै आयत गरिन्छ ,पानको लागि आवश्यक पर्ने सामग्रीहरु समेत भारतबाट नै आउने गरेको छ। उनले दैनिक ३ हजार रुपैया सम्म पान बेच्ने गरेको बताउँछन्। 

जनकपुरमा मीठा र बंगला पान बढि मात्रामा बिक्री हुने गर्दछ। जनकपुरमा मात्रै करिब १ हजार बढी पान पसल रहेको छ भने प्रदेश २ का प्राय सबै जिल्लाका शहर बजारहरुमा सयौं पान पसलहरु सञ्चालनमा रहेको छ। 

पानलाई मिथिला सँस्कृति अनुसार शुभ मानिने गरिएको छ। खासगरेर शुभ काममा पान अनिवार्य हुन्छ। तर त्यही पानको अनावश्यक प्रयोग र लतका कारण धेरै रकम अनुपयोगी ठाउँमा खर्च भइरहेको छ।

पूजापाठ र शुभकार्यमा प्रयोग हुनेबाहेक, बिहानदेखी बेलुकासम्म जनकपुरदेखि अन्य बजार र भित्री गाउँमा रहेका पान पसलमा बेचिने गरिएको पान खाएर थुक्ने रकमको हिसाब गर्ने हो भने करोडौंमा पुग्छ।

निम्न आय भएकादेखि आर्थिक रुपले सम्पन्न भएका, रिक्सा चालकदेखि सरकारी अधिकारीसम्मको मुखमा बिहानैदेखि पान देखिन्छ। एका बिहानै पान पसलमा भिड सुरु हुन्छ। पान खाएर थुकिएको पितले पान पसलका वरपर राताम्यै हुन्छ। 

पानसँग जोडेर विभिन्न हिन्दी र नेपाली गीत पनि बनेका छन्। पानको पातसँग जोडेर प्रेमीले जसरी प्रेमीकासमक्ष आफ्ना व्यथा मात्रै प्रस्तुत गरेका छैनन्, यसको मिठासको पनि खुलेर प्रशंसा गरेका अनेक घटना यत्रतत्र छन्।

यसलाई अर्को रुपमा भन्दा जसरी प्रेमको वियोगमा प्रेमी छटपटाइ रहन्छन्, त्यसरी नै प्रेममा डुबेका व्यक्ति मुखमा पान चपाउन नपाउँदा मायामा छटपटाइ रहन्छन्। 

तराईमा पान सहज रुपमा पाइने अहिले आएर कतिपय पहाडी जिल्लाका शहर बजारमा पनि पाउन थालेको छ। आखिर पान त पानै हो, जो कोहीलाई पनि सँगै बनाइदिने। आज पान दैनिकी बनेको छ। 

कम पूँजीमा बढी मुनाफा दिने व्यापार 
कम पूँजीमा बढी मुनाफा दिने व्यापारको रुपमा पानको व्यवसायलाई लिन सकिन्छ। पसल थाप्न सानो ठाउँ भए पुग्छ। पानका सामग्रीका लागि बढीमा पाँच हजारको लगानीमा यसको व्यापार गर्न सकिन्छ। देशका मुख्य बजार र चोक चौराहामा पानको व्यापार अत्यधिक फस्टाएको छ। 

आयस्रोत कम भएर पनि छोरा–छोरीहरुलाई राम्रो अध्ययन र घरपरिवार राम्रो संग पालिरहेको व्यवसायीहरु अहिले निकै नै छन्। मिहिनेतको फल मीठो हुन्छ भन्ने उखानलाई पुष्टि गर्न सफल भएका छन पान व्यापारी। बच्चा, परिवार, जग्गा, घर गर्दै मनग्य आम्दानीको स्रोत भएको छ अहिले पान व्यापार। 

पानको सौखिन महेन्द्रनगरका बैद्यनाथ झाले पान व्यापार सस्तोमा संचालन हुने राम्रो व्यापार रहेको बताए। उनले आफूलाई त विहान देखि बेलुका सम्मा करिब ८–१० खिल्ली पान चाहिने बताए। उले भने, ‘म त राती खाना खाएर सुत्ने बेला पनि पान खाएर नै सुत्ने गर्छु।’ 

पश्चिम बंगालको कोलकाताबाट पानको पात आयात हुन्छ। भाडाको एउटा कोठामा बसेर जसोतसो धनुषाको महेन्द्रनगरमा पान पसलको व्यापार थालेका अनिल झाले २० वर्ष भित्र आफ्नै जग्गा खरिद गरी घर ठड्याइसकेका छन्। ढल्केवर–जनकपुर राजमार्गको महेन्द्रनगरमा झा जी पान पसल संचालन गर्दै आएको उनको पसलमा गाडी रोकेर पनि पानका सौखिनहरु पान खाएर जान्छन्। ‘यो धैर्यको व्यापार हो, बिहानदेखि साँझसम्म खटिन कठिन हुन्छ, तर पानकै व्यापारवाट गुजारासँगै घर समेत बनाउन भ्यायौं,’ उनले भने। 

पानका पारखी शिक्षक मजिम राईनले पानको व्यवसाय राम्रो रहेको र आफू दिनमा चार–पाँच खिल्ली पान खाने गरेको बताउँछन्। 

क्षीरेशवरनाथ नगरपालिका ५ महेन्द्रनगर हनुमान चोकमा विगत पच्चिस वर्षदेखि पानको व्यापार गर्दै आएका सुरेश पान पसलका सञ्चालक सुरेश साह पानको व्यापारबाट सन्तुष्ट छन्।

‘सबै दिन एकनासको बिक्री हुँदैन,’ उनले भने। साहले दैनिक रुपमा ५ सय बढी पान बिक्री गर्ने गरेको बताउँछन्। थोक बिक्रेताले अधिकांश पसलमा पान पुयाउने गर्छन्। पानका अन्य सामग्री कत्था र सुपारी नेपाल कै हो।

मीठा पानमा प्रयोग हुने सामग्रीका साथै जर्दा, चुना, पिलापति लगायतका सामग्री भारतबाट आयात गरिन्छ। 

प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  ११:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्