• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

श्वेता भन्छिन्– अब एक्लै बाँच्न सिकिसकेँ

64x64
नेपाल लाइभ शनिबार, फागुन ५, २०७४  १८:५९
1140x725

श्वेता खड्का निर्मित/अभिनीत फिल्म ‘कान्छी’ रिलिज भएको छ। अभिनेता श्रीकृष्ण श्रेष्ठसँग श्वेताका रिल र रियल दुवैमा जोडी थियो। श्रीकृष्णको तीन वर्षअघि असामयिक निधन भएपछि श्वेता एक्लिइन्। विवाहको एक महिनामै श्रीमान् गुमाएसँगै उनले फिल्म करिअरमा अभिभावक समेत गुमाएकी थिइन्। उनी लामो समय शोकबाट बाहिर आउन सकिनन्। जुन दिन उनी काममा फर्किइन्, श्रीकृष्णकै सपना पूरा गर्नतिर लागिन्। त्यसैको परिणाम फिल्म ‘कान्छी’ रहेको श्वेता बताउँछिन्। फिल्म रिलिजकै दिन शुक्रबार साँझ अभिनेत्री खड्काले नेपाल लाइभसँग आफ्नो विगत, वर्तमान र भविष्यबारे खुलेर कुरा गरेकी थिइन्।
उनीसँग डिबी खड्काले गरेको कुराकानीः

फिल्म ‘कान्छी’ व्यवसायको निरन्तरता वा श्रीकृष्ण श्रेष्ठको सपनालाई साकार पार्ने प्रयत्न?

व्यवसायको निरन्तरता हुँदै होइन। मेरा अरु व्यापार–व्यवसाय अलपत्र पारेर फिल्ममै डटिरहेकी छु। सपना शत प्रतिशत साकार पार्ने प्रयत्न हो, मेरो भन्दा दादा (श्रीकृष्ण श्रेष्ठ)को। उहाँ, निर्देशक आकाश अधिकारी र स्क्रिप्ट राइटर यम थापा बसेर फिल्म ‘कोहिनुर’को सुटिङ गर्दा नै यो फिल्म बनाउने निश्चित भएको थियो। त्यसैमाथि तिमी चाँडै ‘कमब्याक’ हुनुपर्छ भन्ने परिवारको प्रेसरको प्रतिफल हो। 

एकातिर वियोगको गहिरो दुःखबाट बाहिर आउनु छ, अर्कातिर उनैसँग जोडिएको फिल्म बनाउनु छ। अतीत झन् बिझाएन?

मलाई उहाँको छायाले त जहाँ पुगे पनि छाड्दैन। जे गरे पनि छाड्दैन। यो तीन वर्षमा म उहाँको यादबाट जति टाढा जाने प्रयासमा लागेँ, त्यो याद नजिकियो। सुटिङ गर्दा, हलको चाँजोपाँजो मिलाउँदा, यसको मार्केटिङ गर्दा मलाई उहाँको याद आउँथ्यो। मलाई चाहिँ ममा हिम्मत आउनु उहाँकै साथले हो जस्तो लाग्थ्यो।  

फिल्म कसका लागि बनाएँ जस्तो लाग्छ अहिले? 

मेरा दर्शकका लागि। जसले मलाई गहिरो दुःखमा पनि बाँच्ने र पुनः नयाँ तरिकाले जीवन जिउने प्रेरणा दिनुभयो, उहाँहरुका लागि बनाएको हो। मैले अभिनय पनि उहाँहरुकै लागि गरेको हो। मेरो त सपना, रहर र चाहना सबै टुटिसकेका थिए।  

फिल्ममा श्रीकृष्ण श्रेष्ठको एउटा ट्रेडमार्क थियो। यो फिल्म बनाइरहँदा कतै त्यो धरमराउला कि भन्ने पीर लागेन?

Ncell 2
Ncell 2
nimb
nimb

म फिल्म रिलिजको अघिल्लो रातभरि सुत्न सकिनँ। बिहान आँखा सुन्निएका थिए। चश्मा लगाएर भेटघाटका लागि निस्किएँ। जब हलको रिपोर्ट आउन थाल्यो, मैले आफूलाई सम्हाल्न सकिनँ। रोइरहेँ। उहाँले दर्शकको मन जित्नुभएको थियो। मैले पनि त्यसलाई निरन्तरता दिन सकेँ।

 

दर्शकको अपेक्षा पूरा गर्न सकेँ जस्तो लाग्छ?

हामीले दर्शकलाई गाउँको मीठो प्रेमकथा पस्किने सपना देखेका थियौं। प्रेम गर्ने गाउँले तरिका देखाउन चाहेका थियौं। त्यो देखायौं पनि। धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्। म सफल भएँ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चरम निराशापछि काम गर्ने शक्ति कसरी आउँदो रहेछ?

जो मान्छे चरम निराशा वा मृत्यु जितेर फर्किन्छ, त्यसले जस्तोसुकै चुनौती झेल्न सक्छ। अब म झेल्न किन सक्छु भने, मैले जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा गुमाएकी छु। अब मैले डटेर काम गर्दा प्राप्त मात्रै गर्ने हो। दादा (श्रीकृष्ण)ले पनि एकपल्ट मृत्युलाई जितेपछि निकै सफलता पाउनुभएको हो। म पनि डिप्रेसनमा गएर फर्केकी हुँ। बाँचेकी छु केवल दर्शक र शुभेच्छुकको मायाले। 

भावना र आदर्शलाई एकातिर राख्ने हो भने जीवन त समय र समाज अनुसार चलाउनुपर्दो रहेछ नि, होइन?

कामको, साथको र सम्झनाको कुरा छुट्दैन। अब मैले एक्लै बाँच्न सिकिसकेँ। मैले उहाँसँग जम्मा एक महिना त बिताएँ। जति समय म उहाँसँग रहेँ, उहाँको बेस्ट फ्रेन्ड मै थिएँ। कसैले पनि नपाउने समय मैले पाएँ। उहाँसँग अस्पतालमा बिताएको एक महिना मेरा लागि साँच्चिकै अमूल्य क्षण हो। 

तपाईंहरुको प्रेम, विवाह र वियोग सामान्य लाग्दैन कसैलाई। के कुनै दिन त्यो कहानी तपाईंको कुनै फिल्ममा आउला?

मसँग त्यो सत्यकथामा फिल्म बनाउने हिम्मत नै छैन। फिल्ममा कहीँ न कहीँ थोरै मिसिएला। यही फिल्ममा पनि कहीँ कतै आयो कि भन्ने आरोप केहीले लगाउनुभएको छ। तर, होइन।

सबैभन्दा महत्त्वपूर्ण कुरा के पाउनुभयो उहाँबाट?

जुन अवस्थामा पनि सकारात्मक भइराख्ने गुण उहाँबाटै ग्रहण गरेको हो। सबै मान्छे उहाँ जस्तो मान्छेसँग संगत गर्न पाउने भाग्य लिएर आएका हुँदैनन्। मैले उहाँसँग छोटो समय भए पनि संगत गर्न पाएँ। यही महत्वपूर्ण कुरा हो।

संसारमा कैयौंले वियोग झेलेका छन्। फेरि नयाँ जीवन सुरु गरेको र नयाँ जोडी बाँधेको पनि त्यत्तिकै उदाहरण छन्। पर्दामा दयाहाङ राईसँग जोडी बाँध्नुभयो। वास्तविक जीवनमा पनि कसैसँग जोडी बाँध्ने सम्भावना कति छ?

सम्भावना नै छैन। मैले भविष्य हेरेकी भए उहाँसँग बिहे गर्दिनथेँ। उहाँको ढिलोगरी बिहे हुनु, मेरो चाँडै बिहे हुनु र २० वर्ष ग्याप हुनु यो एउटा संयोग हो। लेखिएर भएको हो। त्यसैले म भविष्य वा सम्भावनाको कुरै गर्न चाहन्नँ। म वर्तमानलाई विश्वास गर्छु र त्यही अनुसार संघर्ष गर्छु।

तस्बिरहरु : निमेष जंग राई / नेपाल लाइभ

प्रकाशित मिति: शनिबार, फागुन ५, २०७४  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै मंगलबार, कात्तिक ३, २०८३
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्