काठमाडौं- जिल्ला प्रहरी कार्यालय बझाङले नेत्र विक्रम चन्द समूहका जिल्ला सदस्य देवराज अवस्थीलाई पक्राउ गरेको छ।
वित्थडचिर गाउँपालिका–९ सुनकुडा घर भएका ४० वर्षीय अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरी चौकी स्याडीबाट खटिएको टोलीले असोज २४ गते पक्राउ गरेको हो।
उनीहरुबाट नगद रसिद ठेलीसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वरीदत्त पाण्डेले बताए। अवस्थी अहिले प्रहरी हिरासतमा छन्।
उनले स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा विद्यालयका शिक्षकसँग समेत चन्दा माग्ने र नदिए धम्क्याउनेलगायतका काम गर्दै आएको जनप्रतिनिधिहरू बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।