काठमाडौं– काभ्रेको रोशी गाउँपालिका– ३, खहरेपाँगुमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। महाभारत गाउँपालिकाबाट बनेपा आउने क्रममा बा३ख ३५९५ नम्बरको मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
२ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि शीर मेमोरियल अस्पताल बनेपा लगिएको छ। मृतक प्रकाश मोक्तान र अबल बम्जनको परिचय खुलेको अन्य एक जनाको सनाखत हुन नसकेको बताइएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।