काठमाडौं- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० मा भएको बस दुर्घटनाका २३ घाइतेलाई काठमाडौं ल्याइएको छ।
नेपाली सेनाको 'एमआई-१७' हेलिकोप्टरबाट १३ जना र निजी वायुसेवा प्रदायक कम्पनीको अर्को एक हेलिकोप्टरमार्फत १० जनालाई काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ।
घाइतेहरुको काठमाडौंस्थित ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा उपार भइरहेको छ।
बाँकी केही घाइतेहरुलाई धुलिखेल अस्पताल लगिएको छ। घटनास्थलमा घाइते यात्रुको संख्या धेरै भएकोले उनीहहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटसिपा लिखु मोडमा भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। जसमध्ये हालसम्म ५ जनाको मात्रै पहिचान हुन सकेको छ।
मृत्यु हुनेमा काभ्रे बनेपाका केदार महाजु, इन्द्रवती गाउँपालिकका-९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य र काभ्रे पाँचखालकी संगिता पुरकोटी छन्। महाजु बसका चालकसमेत हुन्।

इन्द्रावती गाउँपालिका-९, सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटनामा परेको हो।
बस सडकबाट करिब २ सय मिटर तल खसेको छ। बसमा सवार अधिकांश यात्रु दसैं मनाएर काठमाडौं फर्किंदै गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।