काठमाडौँ – पाकिस्तानले नेपालमा नयाँ सरकार गठन भएसँगै द्रुत आर्थिक विकास र समृद्धिको युग प्रारम्भ हुने विश्वास व्यक्त गरेको छ।
संघीय कानुनअनुसार सफलतापूर्वक सम्पन्न निर्वाचनपछि श्री केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएकामा पाकिस्तान सरकारले बधाई दिँदै सो विश्वास गरेको हो। पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले आज विज्ञप्ति जारी गरी दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउनका लागि नेपालको नयाँ नेतृत्वसँग सहकार्य गर्न पाकिस्तानले उत्सुकताका साथ प्रतीक्षा गरेको बताएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।