जनकपुरधाम– प्रदेश २ को उपसभामुखमा संघीय समाजवादी फोरम नेपालकी प्रदेशसभा सदस्य उपमाकुमारी देवले पद तथा गोपनीयताको सपथ लिएकी छिन्।
उपसभामुखमा निर्विरोध निर्वाचित भई प्रदेशसभा बैठकबाट घोषणा गरिएपछि देवले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएकी हुन्। उनलाई सभामुख सरोजकुमार यादवले सपथ ग्रहण गराएका थिए।
सप्तरीबाट प्रदेशसभामा समानुपातिक सांसद रहेकी देवको उपसभामुखमा बिहीबार एकल उम्मेदवारी परेको थियो। उनको उम्मेदवारीमा संघीय समाजवादीका सांसद ज्ञानेन्द्र यादव प्रस्तावक र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी सुरिता साहले समर्थक बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।