दोहा- कतारको रेडक्रस सोसाइटीले इराकमा मानवीय सहायता सम्बन्धी विषेश परियोजना सञ्चालन गर्ने भएको छ।
सन् २०१८ मा २० लाख अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने तयारी गरेको राज्यद्धारा सञ्चालित कतार न्युज एजेन्सीले शुक्रबार जनाएको छ।
सरोकारवालाहरुलाई नै परिचालन गरेर संस्थागत र व्यक्तिगत तहमा समुदायको सहयोगमा परियोजना सञ्चालन गरिने कतार रेडक्रस सोसाइटीले बिहीबार राती जारी गरेको वक्तव्यमा जनाइएको छ।
कुवेतको प्रस्ताव तथा आयोजनामा यसै हप्ता कतारमा अन्तर्राष्ट्रिय दाता सम्मेलन सम्पन्न भएको थियो। उक्त सम्मेलनका क्रममा कतार रेडक्रस सोसाइटीले यस्तो घोषणा गरेको हो।
सम्मेलन सकिएको दिन बिहीबार इराकले विभिन्न देशहरुबाट झण्डै तीस अर्ब अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता प्राप्त गरेको थियो।
सहयोग प्रतिबद्धता गर्नेमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठन र विभिन्न दाता राष्ट्र तथा संस्थाहरु पनि रहेका छन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।